• ८ माघ २०८२, बिहिबार

दुर्घटना न्यूनीकरण लागि सरकारी समन्वय र नागरिकको सचेतना अपरिहार्य : स्वास्थ्य मन्त्री गौतम

blog

सडक सुरक्षा सम्बन्धी विज्ञहरू र सरोकारवालासँग अन्तर्क्रिया कार्यक्रम ।

काठमाडौँ, माघ ८ गते ।स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा गौतमले दुर्घटना न्यूनीकरणका लागि सरकारी निकायको समन्वय र नागरिक सचेतना अपरिहार्य रहेको बताउनुभएको छ । 

सडक सुरक्षा सम्बन्धी विज्ञहरू र सरोकारवालासँग अन्तर्क्रिया कार्यक्रम मन्त्री गौतमले यस्तो बताउनुभएको हो।

उहाँले भन्नुभयो, “सडक दुर्घटना प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको र विशेष गरी यसबाट जेनजी युवा पुस्ता सबै भन्दा बढी प्रभावित छन् । दुर्घटना न्यूनीकरणका लागि सरकारी निकायहरूको समन्वय र नागरिक सचेतना अनिवार्य छ ।”

 नेपालमा हुने सडक दुर्घटनाका मृत्युमध्ये झण्डै आधा हिस्सा दुई पाङ्ग्रे सवारी प्रयोगकर्ताको रहेको छ। यस जोखिमलाई कम गर्न युनिभर्सल हेलमेट (चालक र पछाडि बस्ने दुवैले अनिवार्य हेलमेट लगाउनुपर्ने नियम) तुरुन्तै लागु गर्नुपर्नेमा सबै सरोकारवालाले जोड दिएका थिए ।

 सन् २०२१ को रिपोर्ट अनुसार नेपालमा सडक दुर्घटनाबाट वार्षिक आठ हजारले ज्यान गुमाउँछन्, जुन दक्षिण एसियाको औसतभन्दा झण्डै दोब्बर हो। 

दुर्घटनाले नेपाललाई वार्षिक तीन अर्ब अमेरिकी डलर आर्थिक क्षति पुर्‍याइरहेको छ। जिडिपीको ०.४ प्रतिशत मात्र सडक सुरक्षामा लगानी गरे वर्षमा तीन हजार जीवन जोगाउन सकिने विज्ञले निष्कर्ष निकालेका छन् ।