गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलको क्रममा निधन भएका गोरखाका सहिद परिवारलाई जिल्ला प्रशासन कार्यालय गोरखाले राहत वितरण गरेको छ ।
यही असोज १८ गते अविभर वर्षासँगै माथिबाट झरेको पहिरो इलामको माइजोगमाई गाउँपालिकाको मुख्य प्रशानिक भवमा पस्दा एक करोड बराबरको क्षति भएको छ ।
जैमिनी नगरपालिकामा अहिलेसम्मकै ठूलो स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जैमिनी नगरपालिकाको स्थानीय व्यवस्थापन, रोटरी क्लब अफ पोखरा फिस्टेलको आर्थिक व्यवस्थापनमा असोज १९ गतेदेखि थालिएको आठदिने शिविरमा एक हजार ३७५ जना लाभान्वित भएका छन् ।
मकवानपुरको राक्सिराङमा चार्जमा राखेको मोबाइल पड्केर घरमा आगलागी भएको छ । राक्सिराङ गाउँपालिका–७ झ्याङजुवाङमा सोमबार दिउँसो सोलारको ब्याट्रीमा मोबाइल चार्ज गर्ने क्रममा मोबाइलको ब्याट्री पड्केर शेरबहादुर प्रजाको घरमा आगलागी भएको भएको हो ।
ओखलढुङ्गामा एकल महिला आफ्नै घरमा मृत फेला परेकी छन् । सिद्धिचरण नगरपालिका–४ चार्खुकी ५२ वर्षीया रत्नकुमारी कट्वाल कार्की सोमबार बिहान आफ्नै घरमा मृत अवस्थामा फेला पर्नुभएको हो ।
निर्वाचन आयोगले नयाँ मतदाता नामावली दर्ता कार्य पुनः सुरु गरेपछि जिल्ला निर्वाचन कार्यालयमा आफ्नो नाम दर्ता गराउने युवाको सङ्ख्या बढ्दै गएको छ ।
पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ मा रहेको आनन्द माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा प्रीतिमा बुढा बोल्ने बानी बसाल्नु पर्छ र अतिरिक्त क्रियाकलापमा सहभागी भएर आफ्नो प्रतिभा देखाउनु पर्छ भन्ने सोचका साथ अघि बढिरहनुभएको छ ।
नाम्खा गाउँपालिका–६ को न्यालु लेकको सडकमा हिउँ जमेर यातायात सेवा अवरुद्ध हुँदा २२ जना आन्तरिक पर्यटक ताक्ची र तुम्लिङमा अलपत्र परेका छन् । सडक सुचारु नभएपछि बोलेरो जिपसहित ती आन्तरिक पर्यटक चार दिनदेखि ताक्चीमा अलपत्र परेका हुन् ।
जेनजी पुस्ताको आन्दोलनका क्रममा गत भदौ २४ गते आगजनीबाट जलेर नष्ट भएको सुर्खेतस्थित नापी कार्यालयको सेवा अझै सुरु हुन सकेको छैन । कार्यालयको आन्तरिक व्यवस्थापनको काममा व्यस्त हुन परेपछि एक महिना नाघिसक्दा पनि कार्यालयको सेवा सुरु हुन नसकेको हो ।
गोरखाको मनास्लु हिमाल आरोहणका लागि चुमनुब्री गाउँपालिका – ४ नामरुङ पुगेका पोल्याण्डका नागरिकको हाई अल्च्यिुडका कारण बिरामी भएपछि हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली दर्ता गर्न युवाको सहभागिता उल्लेख्य देखिएको छ । विगतका चुनावप्रति खासै चासो नदेखाएका तर हालैका राजनीतिक घटनाक्रम र जेनजी समूहको आन्दोलनबाट प्रेरित भएका नयाँ मतदाता आफ्नो मताधिकार सुनिश्चित गर्न उत्साहित देखिएका छन् ।
असोज–कात्तिक लागेसँगै सुदूरपश्चिमका गाउँघरमा खेतबारीमा चहलपहल बढेको छ । धान पाक्न थालेपछि किसानहरू धान काट्ने, ‘‘गाज्यौ’’ खर जम्मा गर्ने र गहुँ छर्ने तयारीमा व्यस्तहुन थालेका छन् ।
स्थानीय तहले आफूखुसी खनेका ग्रामीण सडकमा जोखिम बढ्दै गएको छ । सडकलाई पहिलो प्राथमिकता दिएका स्थानीय तहले एक्साभेटरमार्फत सडकको ट्र्याक खोले पनि थप सुधार नगर्दा जोखिम बढेको हो ।
हेटौँडाको राप्ती खोलाको बगरमा बेवारिसे अवस्थामा शव फेला परेको छ । हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरबाट भुद्रुङ तर्फ जाने नयाँ पुल मुनी राप्ती खोलाको बगरमा सोमबार दिउँसो पुरुष व्यक्तिको बेवारिसे अवस्थामा शव फेला परेको हो ।
भियतनामको थोङ नाट स्टेडियममा साँझ ६:१५ बजे सुरु हुने यस खेल नेपालका लागि ‘होम म्याच’ हो । यसअघि बिहीबार खेलिएको पहिलो लेगमा नेपाल भियतनामसँग ३–१ गोलले पराजित भएको थियो