शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, माघ ८ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार बैठक शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा बस्ने भएको हो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।
विशेष महाधिवेशनबाट नयाँ पदाधिकारी र केन्द्रीय सदस्य निर्वाचित भएपछि पहिलो पटक केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो ।
पुस अन्तिम साता काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले गगन थापाको सभापतित्वमा कांग्रेसको नयाँ कार्यसमिति चयन गरेको छ ।