शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अफ्रीका, माघ ८ गते । अफ्रिकाको पूर्वी बुर्किना फासोमा सशस्त्र समूहले गरेको आक्रमणमा कम्तिमा ११ जना प्रहरी अधिकारीको मृत्यु भएको सुरक्षा स्रोतले बिहीबार रिपोर्ट गरेको छ ।
स्रोतले सयौं आतङ्ककारीले देशको पूर्वी भागमा गौरमा प्रान्तको डायपाङ्गोउ विभागको बाल्गा क्षेत्रमा सुरक्षा क्षेत्र लक्षित आक्रमण गरेको जनाएका छन् । आक्रमणको परिणाम स्वरूप घटना स्थलमा सात जना प्रहरी अधिकारीको तत्काल मृत्यु भएको र अन्य चार जना घाइतेको उपचारको क्रममा मृत्यु भएसँगै मृतकको सङ्ख्या ११ पुगेको जनाइएको छ ।
अफ्रिकाको साहेल क्षेत्रमा अवस्थित बुर्किना फासोले सन् २०१५ देखि अल-कायदासँग सम्बन्धीत सशस्त्र समूहले बारम्बार आक्रमण गरेको जनाइएको छ । रासस/क्युएनए