मनोवैज्ञानिक विरोधाभासभित्र बाँचेका मानिसका आत्मानुभूतिलाई क्यानभासमा उतार्ने क्रममा उद्धवराज रिमालले शीर्षक जुराउनुभएके छ, ‘इकोज अफ दी सौल’ अर्थात् आत्माका प्रतिध्वनिहरू ।
चलचित्र ‘मुग्लान’ को निर्माण पक्षले सोमबार चलचित्रको ‘फर्स्ट लुक्स’ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ । चलचित्र आगामी पुस १० गते देशभरका हलमा प्रदर्शन हुने छ ।
नेपालको पुँजी बजार नियमन गर्ने दुई प्रमुख निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कर्मचारी सेवा सुविधा कटौतीको विरोधमा निरन्तर आन्दोलनमा उत्रिएपछि दुवै संस्थाको कार्यसम्पादन ठप्प भएको छ ।
विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आउनुभएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अमेरिका चेम्बर अफ कमर्सले आयोजना गरेको बिजनेस डायलगलाई सम्बोधन गर्नुभएको छ ।
जुम्लाबाट यस वर्ष करिब ३३ करोड सात लाख ५० हजार रुपियाँ बराबरको स्याउ बाहिरी जिल्लामा बिक्री भएको छ । जिल्लाका किसानले गाला, किङरेड, फुजीलगायत जातका स्याउ उत्पादन गरेका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नेपालका ठुला जलविद्युत् आयोजनामा लगानी ल्याउन कोरियाली पक्षलाई आग्रह गर्नुभएको छ । नेपालका लागि कोरियाका राजदूत पार्क ताइयोङले मन्त्री घिसिङसँग गर्नुभएको शिष्टाचार भेटमा उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र विश्व बैंक समूहका क्षेत्रीय उपाध्यक्ष जोहानस जुटबिच सोमबार यहाँ भेटवार्ता भएको छ ।
जेनजी आन्दोलनका क्रममा सरकारी भवनमा भएको क्षतिको विवरण सङ्कलन गर्ने जिम्मेवारी विभिन्न छ वटा कार्यालयलाई दिइएको छ । सहरी विकास मन्त्रालयले सरकारी भवनको क्षतिको विवरण सङ्कलन गर्न विभिन्न छ वटा निकायलाई जिम्मा दिएको हो ।
स्थानीयको अवरोधका कारण लामो समयदेखि बन्द भएको भोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन सुचारु भएको छ । ४५ मेगावाट क्षमताको सो आयोजनाको प्रवर्धक कम्पनी भोटेकोशी पावर कम्पनी प्रालिले १० प्रतिशत सेयर जेनजी पब्लिक इन्भेस्टमेन्ट पब्लिक लिमिटेडलाई दिने सहमति भएपछि आयोजना सुचारु भएको हो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तिहारमा बढी कारोबार हुने वस्तुको अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) सहितको लेबल र मूल्यसूची राख्न सम्बन्धित उत्पादक तथा विक्रेता व्यापारीलाई निर्देशन दिएको छ ।
नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु तीन अर्ब ३० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको गैंडाकोट–राम्दी–मालढुङ्गा खण्डमा ८० प्रतिशत भौतिक अन्तिम चरणमा पुगेको छ ।
नेपाल र चीनको सिमाना हिल्सा नाका भएर मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकको सङ्ख्या कोरोनापछि वृद्धि भएको छ । काठमाडौँ, नेपालगन्ज हुँदै हुम्लाको सिमकोटबाट हिल्सा भएर मानसरोवर कैलाशको तीर्थयात्राका लागि गत वैशाखदेखि असोज २१ सम्म यस वर्षका लागि छ हजारभन्दा बढीले यात्रा गरेका छन् ।
नवयुवा (जेनजी) ले गत भदौ २३ र २४ गते गरेको आन्दोलनमा तिब्बत ओरिजिनल ब्लड (टिओबी) ले गरेको शङ्कास्पद गतिविधिबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको वर्गीकरण गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्न लागेको हो ।