• ८ माघ २०८२, बिहिबार

हातहतियार बुझाउन अनुरोध

blog

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, माघ ८ गते ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले हातहतियार बुझाउन अनुरोध गरेको छ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरेको हो ।

प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले एक सूचना प्रकाशित गर्नुहुँदै महिना दिनपछि फिर्ता हुनेगरी हतियार धनीलाई आफूसँग भएको विभिन्न हातहतियार बुझाउन अनुरोध गरिएको छ । जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी इकाइसहित आफूलाई पायक पर्ने ठाउँमा सम्बन्धित धनीलाई हातहतियार बुझाउन प्रजिअ सेढाइँले अनुरोध गर्नुभएको छ ।

निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले हतियार धनीसँग भएको इजाजत प्राप्त हातहतियार जिल्ला प्रशासन वा प्रहरी कार्यालयमा बुझाउन अनुरोध गरिएको प्रजिअ सेढाइँको भनाइ छ । यता जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्यतालिका अनुसार निर्वाचनको तयारीलाई अघि बढाएको छ भने राजनीतिक दलले मतदाता रुझाउनेलगायत निर्वाचनको तयारीलाई तीव्र पारेका छन् ।