• ८ माघ २०८२, बिहिबार

मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण

blog

म्याग्दी, माघ  ८ गते ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा कक्षा कोठा भवन निर्माण भएको छ । 

अन्नपूर्ण गाउँपालिका र जर्मनको हिमालय ‘फ्रेण्ड्स इभी’को आर्थिक सहयोगमा स्थानीय उपभोक्ताले श्रमदान गरेर चार कोठे कक्षाकोठा भवन बनाएका हुन् । कक्षाकोठाको साथै शौचालय पनि निर्माण भएको छ । 

अन्नपूर्ण गाउँपालिकाले गत आर्थिक वर्षमा रु २० लाख र चालु आर्थिक वर्षमा रु पाँच लाख ५० हजार बजेट विनियोजन गरेको उक्त भवन निर्माणका लागि जर्मन संस्थाले रु एक लाख ४९ हजार सहयोग गरेको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिनुभयो । 

यसअघि कक्षाकोठा भवन जीर्ण हुँदा पठनपाठनमा समस्या भएको थियो । कक्षा ३ सम्मको पठनपाठन हुने उक्त विद्यालयमा हाल १९ जना विद्यार्थी रहेका छन् । रासस