• ७ माघ २०८२, बुधबार

बालेन साह इन्दिरा रानामगरको घरमा

blog

झापा–५ का उम्मेदवार बालेन साहसँग भेट गर्नुहुँदै झापा–२ की उम्मेदवार इन्दिरा रानामगर।

काठमाडौँ, माघ ७ गते । झापा–५ का उम्मेदवार बालेन साहद्वारा झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन जनाउनुभएको छ । 

झापा–५ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रस्तावित प्रधानमन्त्री बालेन शाहले झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको जितका लागि समर्थन र सहयोग जनाउनुभएको हो । बालेन बुधबार बिहानै रानामगरको घरमा पुगेर भेटघाट गर्दै चुनावी अभियानमा ऐक्यबद्धता व्यक्त गर्नुभएको हो ।

भेटका क्रममा दुवै नेताबीच परिवर्तनमुखी राजनीति, सुशासन र जनउत्तरदायी नेतृत्वबारे छलफल भएको  छ। बालेनको सचिवालयका अनुसार साहले इन्दिरा रानामगरको उम्मेदवारीले झापा–२ मा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गर्दै जितका लागि पूर्ण साथ रहने बताउनुभएको हो ।