शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र अनलाइन
सुनसरी, माघ ६ गते । पूर्वमन्त्री भगवती चौधरीले सुनसरी ३ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । नेकपा (एमाले) नेतृत्वको सरकारमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री बन्नुभएकी चौधरी यसअघि २०७९ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।
चौधरीले आज निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराउनुभयो । यस क्षेत्रबाट नेपाली कांग्रेसका नेता विजयकुमार गच्छादार चुनावमा लड्दै आउनुभएको छ । गच्छदारलाई हराएर अघिल्लो चुनावमा चौधरी विजयी बन्नुभएको थियो । यस पटक पनि चौधरी र गच्छदारबिच प्रतिस्पर्धा हुनेभएको छ ।
मनोनयन दर्तापछि चौधरीले महिला शसक्तीकरण, स्थानीय जनताको आर्थिक समृद्धि र सुशासनका लागि आफूले उम्मेदवारी दर्ता गरेको प्रतिक्रिया दिनुभयो ।