शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
चित्र कुमार मिजार
सिन्धुपाल्चोक, माघ ६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभा–१ का लागि युवा समाजसेवी तथा जलउद्योग प्रवर्धक भरत प्रसाद पराजुलीले टिकट पाउनुभएको छ ।
बलेफी गाउँपालिकाबासी समेत रहनु भएका पराजुली लामो समयदेखि राजनीतिमा सक्रिय रहदै आउनु भएको थियो । प्रतिनिधि सभा–२ मा अजय श्रेष्ठले टिकट पाएको रास्वपा जिल्ला कार्यसमितिले जनाएको छ ।
यसैगरी, नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधि सभा १ मा माधव सापकोटा र प्रतिनिधि सभा २ मा युवराज दुलाललाई टिकट दिएको छ । नेकपा एमालेले प्रतिनिधि सभा १ मा होमनारायण श्रेष्ठ र प्रतिनिधि सभा–२ मा शेरबहादुर तामाङलाई टिकट प्रदान गरेको पूर्व केन्द्रीय सदस्य सरेश नेपालले बताउनुभयो । नेपाली काँगे्रसले भने दुई वटै निर्वाचन क्षेत्रमा उम्मेदवार छनौट गर्न सकेको छैन ।