• ६ माघ २०८२, मङ्गलबार

नेपाली कांग्रेस गोरखाले टुङ्ग्यायो उम्मेदवार

blog

प्रेम कुमार खत्री र प्रकाशचन्द्र दवाडी

गुणबहादुर रोका 
सुलीकोट, माघ ६ गते ।
नेपाली कांग्रेसले गोरखाको क्षेत्र नम्बर १ र २ का लागि उम्मेदवार टुङ्ग्याएको छ । पार्टीको जिल्ला समितिको सिफारिसका आधारमा संसदीय बोर्डले सोमबार बेलुका उम्मेदवार टुङ्ग्याएको हो ।

कांग्रेसको केन्द्रीय महाधिबेशनको विवाद लम्बिदा उम्मेदवार चयन गर्न ढिला भएता पनि गोरखा क्षेत्र नम्बर १ मा प्रेम कुमार खत्री र क्षेत्र नम्बर २ मा प्रकाशचन्द्र दवाडीले टिकट पाउनु भएको कांग्रेस जिल्ला कार्यसमिति सचिव किशोरजंग थापाले बताउनुभयो ।

क्षेत्र नम्बर १ का उम्मेदार खत्री महाधिवेशन तथा महासमिति सदस्य हुन् भने दवाडी गण्डकी प्रदेशका पूर्व सांसद हुन् ।

आगामी फागुन २१ हुने प्रतिनिधि सभा निर्वाचनका लागि मङ्गलबार दिउँसो २ः३० बजे उम्मेदवारी दर्ताको कार्यक्रम तय भएको कांग्रेस गोरखाले जनाएको छ ।