• ६ माघ २०८२, मङ्गलबार

सप्तरी–३ बाट जसपा अध्यक्ष उपेन्द्र यादव चुनावी मैदानमा

blog

विनय कर्ण
कल्याणपुर (सप्तरी), माघ ६ गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा निर्वाचनका लागि सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

फागुन २१ गते हुने निर्वाचनमा यादवले सोही क्षेत्रबाट चुनाव लड्ने निश्चित भएको हो ।

अध्यक्ष यादव २०७९ को निर्वाचनमा सप्तरी २ बाट जनमतका अध्यक्ष डा. सिके राउतसँग पराजित हुनुभएको थियो ।

क्षेत्र नम्बर ३ बाट उहाँको उम्मेदवारी घोषणासँगै उक्त क्षेत्रमा राजनीतिक सरगर्मी बढेको छ ।

जसपा नेपालले सप्तरी–१ बाट श्याम सरदार, २ बाट उमेश यादव र ४ बाट डा. बबी सिंह यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।