अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट मझगाँवा, रुपन्देहीमा कार्यरत दुई प्रहरीमाथि घुस प्रकरणमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
यतिबेला माथिल्लो मनाङका स्थानीयहरू हिउँदे तरकारीका रूपमा प्रयोग गरिने हिमाली च्याउ सङ्कलनमा व्यस्त छन् ।
ताप्लेजुङमा निर्माण गर्न लागिएको तमोर–मेवा जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडको प्रवद्र्धनमा निर्माण गर्न लागिएको १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजनाका लागि लगानी जुटेको हो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा पर्ने अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र मौरिस हर्जोग पदमार्गको प्रवर्धन र पर्यावरणको संरक्षण सम्बन्धि सचेतनामुलक कार्यक्रम लिएर युवाहरुको टोली आधार शिविर पुगेर फर्किएको छ ।
नेपाल प्रहरीले शुक्रबार अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक विजेता एरिका गुरुङलाई सम्मान गरेको छ ।
पूर्वपश्चिम राजमार्ग सर्लाहीको बागमतीबाट मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको झनझनेसम्म पुग्ने कर्मैया–पिपलमाडी सडक एक सातादेखि अवरुद्ध रहेको छ ।
मनास्लु पदमार्गअन्तर्गत लार्केतर्फ जाने क्रममा लेक लागेर एक युवकको मृत्यु भएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका–१ सिम्लेमा जमिन भासिएर १५ घर जोखिममा परेसँगै जिल्ला सुरक्षा समिति, सिन्धुलीसहित सरोकारवाला व्यक्तिहरु शुक्रबार स्थलगत निरीक्षण गर्नुहुँदै । जमिन भासिएर बस्ती नै जोखिममा परेपछि यहाँका १५ घरका एक सय बढी हायु परिवार चिन्तामा छन् ।
भारतले अफगानिस्तानमा आफ्नो प्राविधिक मिसनलाई पूर्ण दूतावासमा स्तरोन्नति गर्ने निर्णय गरेको छ । यो निर्णयले तालिबानसँगको सम्बन्धमा नयाँ अध्याय खोल्ने सङ्केत गरेको छ ।
प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङ्गको अभिव्यक्ति भन्दै प्रकाशित समाचारप्रति नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले ध्यानाकर्षण भएको जनाएको छ।
निर्वाचन कार्यालय चितवनमा ९५० मतदाता थपिएका छन् । यही असोज १० गतेदेखि आजसम्म ती मतदाता थपिएका हुन् ।
सत्तारूढ गठबन्धनका कनिष्ठ साझेदार कोमेइतो पार्टीले गठबन्धन छोडेपछि देश राजनीतिक अनिश्चिततामा फसेसँगै जापानको पहिलो महिला प्रधानमन्त्री बन्ने प्रयासमा रहेकी साने तकाइचीको राजनीतिक यात्रा ठूलो सङ्कटमा परेको छ ।
दक्षिण अमेरिकी राष्ट्र पेरुमा फैलिएको तीव्र अपराधको लहरबिच राष्ट्रपति दिना बोलुआर्तेलाई पदबाट हटाउने निर्णय गर्दै पेरुको कङ्ग्रेसले बिहीबार राति महाभियोगको पक्षमा मतदान गरेको छ ।
अस्ट्रेलियाको सुदूर उत्तरी क्षेत्रमा बिहीबार राती हेलिकोप्टर दुर्घटना हुँदा एक जना यात्रुसहित पाइलटको मृत्यु भएको क्विन्सल्यान्ड प्रहरी सेवा (क्युपिएस) ले जनाएको छ ।
फिफा एन्टी–डोपिङ कार्यक्रममा विश्वका शीर्ष २८ जनामा नेपालकी करिना पुरी पनि छनोट हुनुभएको छ ।