टीकापुर नगरपालिकाका प्रमुख (मेयर) रामलाल डङ्गौरा थारूले पदबाट राजीनामा दिनु भएको छ । प्रतिनिधि सभाको निर्वाचनमा कैलाली क्षेत्र १ बाट प्रत्यक्षतर्फको निर्वाचनमा उम्मेदवार बन्न थारूले राजीनामा दिनुभएको हो ।
जिल्ला प्रशासन कार्यलय कपिलवस्तुले निर्वाचनलाई लक्षित गर्दै हातहतियार बुझाउन निर्देशन दिइएको हो ।
नेपालका कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्ट वर्ल्ड ओलिम्पियन एसोसिएसन (डब्लुओए) को सदस्यमा निर्वाचित हुनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले नेकपा एमाले जुनसुकै अवस्थामा पनि चुनावमा होमिने बताउनुभएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र अनुशासित बनाउन मुस्ताङका राजनीतिक दलहरूले प्रतिबद्धता जनाएका छन् ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले रुकुमपश्चिमबाट नेता गोपाल शर्मालाई प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार मनोनयन गरेको औपचारिक पत्र (टिकट) प्रदान गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले विकास देखिने गरी हुनु पर्ने बताउनु भएको छ ।
नेपाली कांग्रेस सल्यानका सभापति केशबहादुर विष्ट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बन्नु भएको छ ।
सोनाम छिरिङ घले, सारा पन्त र विश्वविशेष डल्लाकोटीले फ्ल्यास स्पोर्ट्स राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको अन्तिम दिन सोमबार स्वर्ण जित्नुभएको छ ।
धरान उपमहानगरमा राष्ट्रिय स्तरको दास्रो आइबिए प्रो एन्ड एमेचर महिला–पुरुष धरान फाइट नाइट माघ २३ गते हुने भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा निर्वाचनमा स्याङ्जामा नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ ।
मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिनु भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय, धनकुटाले मङ्गलबार हुन लागेको मनोनयन दर्ताका लागि फरक फरक राजनीतिक दललाई फरक फरक रुट र समय निर्धारण गरेको छ ।
सप्तरीको खडक नगरपालिका ५ स्थित खरचुइयामा अपहरणको घटनामा दुई जना घाइते भएका छन् । घाइते हुनेमा सिरहाको लहान निवासी ताहिर मियाँ र सुदन मियाँ रहनुभएको छ ।
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले व्यक्तिगत महत्वाकाङ्क्षाभन्दा पनि राष्ट्रिय स्वाधीनता र भूराजनीतिक सन्तुलनको आवश्यकताले आफूले गोरखा क्षेत्र नं २ बाट उम्मेदवारी दिन लागेको बताउनुभएको छ ।