• ५ माघ २०८२, सोमबार

संयोजक प्रचण्डद्वारा नेकपाका उम्मेदवारलाई टिकट प्रदान

blog

उम्मेदवार गोपाल शर्मालाई मनोनयन पत्र प्रदान गर्नुहुँदै संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : राजु लामिछाने

राजु लामिछाने
रुकुमपश्चिम, माघ ५ गते ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले रुकुमपश्चिमबाट नेता गोपाल शर्मालाई प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार मनोनयन गरेको औपचारिक पत्र (टिकट) प्रदान गरेको छ ।

सोमबार रुकुमपश्चिम आउनुभएका पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शर्मालाई उम्मेदवारका लागि मनोनय गरेको औपचारिक पत्र प्रदान गर्नुभएको हो । मुसिकोट नगरपालिका ५ स्थित सहिद स्मृति प्रतिष्ठानमा पत्र प्रदान गरिएको हो ।

प्रचण्ड रुकुमपूर्वबाट चुनाव लड्ने तयारी रहेको छ । भोली माघ ६ गते मनोनयन दर्ताको दिन रहेकोले रुकुमपूर्व जाने क्रममा उहाँ रुकुमपश्चिम आउनुभएको बेला शर्मालाई मनोनयन पत्र प्रदान गर्नुभएको पार्टीका केन्द्रीय सदस्य बसन्त कुमार शर्माले जानकारी दिनुभयो । नेपालगञ्जबाट हवाईजहाजमार्फत रुकुमपश्चिम आउनु भएका प्रचण्ड आजै रुकुम पूर्व जानुभएको छ ।

भोली मनोनयन दर्ता गरेर पार्टीका सबै गतिविधि निर्वाचन लक्षित गरिने केन्द्रीय सदस्य शर्माले जानकारी दिनुभयो । गोपाल शर्मालाई जिल्ला पार्टीले उम्मेदवारका लागि एकल सिफारिस गरेको थियो ।