• ५ माघ २०८२, सोमबार

उपमहानगरपालिकाका उपमेयर राईद्वारा राजीनामा

blog

राजीनामा दिनुभएका उपमेयर राई । तस्बिरः सिराज खान

सिराज खान

नेपालगन्ज, माघ ५ गते । नेपालगन्ज उपमहानगरपालिकाका नगर उपप्रमुख कमरुद्दिन राईले राजीनामा दिनुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र २ बाट उम्मेदवार बन्नका लागि उहाँले राजीनामा दिनुभएको हो ।

राजीनामा र उम्मेदवारीबारे जानकारी गराउँदै उहाँले  जनता समाजवादी नेपाल पार्टीले बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने भएकोले राजीनामा दिएको बताउनुभयो । २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा जनता समाजवादी पार्टी नेपालबाट प्रतिनिधिसभा क्षेत्र २ मा मो. इस्तियाक राई उम्मेदवार हुनुहुन्थ्यो । 

आगामी निर्वाचनमा राईले नेकपा (एमाले) मा प्रवेश गरेर सूर्य चिन्ह लिएर क्षेत्र २ बाट निर्वाचन लड्दै हुनुहुन्छ। २०७९ मा एउटै पार्टीमा रहनु भएका दुवै राई आगामी निर्वाचनमा आमनेसामने हुने देखिएको छ।