• ५ माघ २०८२, सोमबार

निवर्तमान सभामुख र उपसभामुख प्रतिस्पर्धा गर्दै

blog

निवर्तमान सभामुख देवराज घिमिरे र निवर्तमान उपसभामुख इन्दिरा रानामगर ।

बिष्णुप्रसाद पोखरेल

दमक, माघ ५ गते । झापा निर्वाचन क्षेत्र नम्बर २ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निवर्तमान सभामुख देवराज घिमिरे र निवर्तमान उपसभामुख इन्दिरा रानामगरबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । 

उम्मेद्वार मनोनयनको अन्तिम तयारी भइरहदा दूईजना उम्मेद्वार बन्ने निश्चित भएको बताईएको छ । नेपाली काँग्रेसले उम्मेद्वारको टुंगो लगाएको छैन । नेपाल कम्यूनिष्ट पार्टीले धर्मशिला चापागाईलाई अघि सारेको छ । राप्रपाबाट स्वागत नेपालले उम्मेद्वारी दर्ता गर्ने तयारी रहेको बताईएको छ ।

नेकपा एमालेका तर्फबाट निवर्तमान सभामुख घिमिरे उम्मेदवार बन्ने निश्चित रहेको नेकपा एमाले झापाले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निवर्तमान उपसभामुख रानामगरले उम्मेद्वारी दर्ता गर्ने तयारी रहेको छ । दुवै उम्मेदवार झापा–२ कै स्थायी बासिन्दा रहनु भएको छ ।

अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा घिमिरे यहिबाट निर्वाचित भएर सभामुख र रानामगर यसअघि समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य बनेर उप सभामुख बन्नु भएको थियो । प्रतिनिधि सभामा सभामुख–उपसभामुख भएका बीचको प्रतिस्पर्धाले झापा–२ मा धेरैको ध्यान खिचेको छ ।