• ५ माघ २०८२, सोमबार

शशांक जितेको क्षेत्रमा रास्वपाको गौतमलाई टिकट

blog

उम्मेदवारको टिकट लिँदै रास्वपा उम्मेदवार राजन गौतम ।

बोमलाल गिरी

नवलपुर, माघ ५ गते । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला जितेको नवलपुर क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजन गौतमलाई टिकट दिएको छ । आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपाले गौतमलाई टिकट दिएको हो । 

२०७९ मा भएको निर्वाचनमा यो क्षेत्रबाट कांग्रेस नेता कोइराला निर्वाचित हुनुभएको थियो । उक्त निर्वाचन पनि रास्वपाबाट गौतम नै उम्मेदवार हुनुहुन्थ्यो । डा कोईरालाले २७ हजार ६७ मत पाएर निर्वाचित हुँदा गौतमले २४ हजार ३ सय ५ मतसहित तेस्रो स्थानमा रहनुभएको थियो । एमालेका कृष्णप्रसाद पौडेल २५ हजार ४७ मत पाउनुभएको थियो।

यसपटक कांग्रेसबाट उक्त क्षेत्रमा को उठ्ने भन्ने अक्षै टुंगिएको छैन। यो निर्वाचन क्षेत्रबाट नेकपा (एमाले) ले भागिरथ सापकोटा र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले लोकप्रसाद भुर्तेललाई उम्मेदवार बनाएका छन्।