• १३ चैत २०८२, शुक्रबार

धरानमा सोनाम ल्होसार मनाइँदै

blog

तामाङ समुदायहरू धरानमा ल्होसार मनाउँदै । तस्बिरः निशा राई

निशा राई

धरान, माघ ५ गते । नेपाल तामाङ घेदुङ धरान उपमहानगर कार्यसमितिले २८६२ (अग्नि पुरुष घोडा वर्ष) सोनाम ल्होसारको अवसरमा बृहत सांस्कृतिक झाँकी ऱ्यालीसहित ल्होसार मनाएको छ। 

सोमबार तामाङ घेदुङ नगर समितिले आफ्नो संस्कार संस्कृतिसहित धरानको २० वटै वडाबाट र गुम्बाहरूबाट र्‍याली निकालिएको छ । ऱ्याली भानुचोकबाट छाता चोक, सिंहदेवी चोक, पुरानो बजार, देशी लाइन हुँदै पुनः भानुचोकमा आएर टुङ्गिएको छ । जाति राष्ट्र हो र सोनाम ल्होछार राष्ट्रिय पर्व हो, यो सबै जातजातिले मनाउनु पर्छ, सबैले सबै जातिको धर्मको सम्मान गर्नुपर्ने घेदुङका अध्यक्ष सपनकुमार योन्जन तामाङले बताउनुभयो।

नेपाल तामाङ घेदुङ धरान उपमहानगर कार्यसमितिले सोनाम स्होछार पर्वको अवसरमा भानुचोकमा ऐतिहासिक, सांस्कृतिक पहिचान, भेषभूषा, परिकार सहित छोक प्रसाद, सगुन ग्रहण गरी भव्य रूपमा मनाउने आयोजकले जनाएको छ । तामाङ जातिको नयाँ वर्षको रूपमा मनाउँदै आएको सोनाम ल्होछारका कार्यक्रमहरू यसअघिका वर्षमा सांस्कृतिक पर्यटन महोत्सवको रूपमा समेत मनाउँदै आएको घेदुङका अध्यक्ष तामाङले बताउनु भयो।


नेपाल सरकारले २०६१ देखि माघ शुक्ल प्रतिपदा तिथिमा मनाइने सोनाम ल्होसारलाई राष्ट्रिय पर्वको रुपमा घोषणा गरेको थियो । कार्यक्रममा तामाङ जातिहरू मात्र नभएर गैर तामाङहरूको पनि उपस्थिति छ ।