अमरराज नहर्की
तनहुँ, माघ ५ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तनहुँ क्षेत्र नम्बर २ मा इन्जिनियर श्रीराम न्यौपानेलाई उम्मेदवार बनाएको छ ।
उम्मेदवार न्यौपाने राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभाग प्रमुखसमेत रहनुभएको छ । उहाँ इन्जिनियरिङ पृष्ठभूमिका व्यक्ति हुनुहुन्छ र यसअघि ऊर्जा, जलस्रोत तथा पूर्वाधारसम्बन्धी विभिन्न राष्ट्रिय महत्वका आयोजनामा संलग्न रहँदै आउनुभएको छ ।
पार्टीले तनहुँ क्षेत्र नम्बर २ मा उम्मेदवार छनोट गर्दा प्राविधिक दक्षता, विकास योजनाको अनुभव र स्थानीय सन्दर्भलाई ध्यानमा राखिएको जनाएको छ ।
यसअघि भएको प्रतिनिधि सभा निर्वाचनमा भने राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ क्षेत्र नम्बर १ बाट पार्टी उपाध्यक्ष डा. स्वर्णीम वाग्लेलाई उम्मेदवार बनाएको छ ।