चित्र कुमार मिजार
सिन्धुपाल्चोक, माघ ५ गते । प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुपाल्चोकमा २२ दलबाट ४० जना उम्मेदवार समानुपातिक बन्द सूचिमा समेटिएको निर्वाचन आयोगले सार्वजनिक गरेको सूचिमा उल्लेख छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुनकोशी गाउँपालिकाका प्रमोद न्यौपाने, मीरा महर्जन, नेपाली कांगे्रसबाट लिसंखुपाखर गाउँपालिकाका प्रेमध्वज लामा समानुपातिक बन्द सूचिमा समेटिनुभएको छ । न्यौपानै खसआर्यबाट तीन नम्बरमा र लामा आदिवासी जनजाती क्लाष्टरबाट १२ औं नम्बरमा पर्नुभएको छ । नेपाली कम्युनिष्ट पार्टीबाट मेलम्ची नगरपालिकाका भगवती नेपाल, बाह्रबिसे नगरपालिकाका लालकान्छा तामाङ, रामदेवी तामाङ समानुपातिक बन्द सूचिमा समेटिनुभएको छ भने नेकपा एमालेबाट कुनै उम्मेदवार बन्द सूचिमा परेका छैनन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट त्रिपुरासुन्दरी गाउँपालिकाका निर्मला श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीबाट तुलसीमाया श्रेष्ठ, श्रम संस्कृति पार्टीबाट राजन भण्डारी, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट नारायणी घर्तीमगर, सार्वभौम नागरिक पार्टीबाट साङडोमा शेर्पा, जय मातृभूमि पार्टीबाट सुमित्रा ल्वागुन, नेशनल रिपब्लिक पार्टीबाट सुकुमाया मोक्तान, त्रिमूल नेपालबाट बलबहादुर भुजेल, मंगोल नेश्नल अर्गानाइजेसन पार्टीबाट पुष्पा तामाङ समानुपातिक बन्द सूचिमा पर्नुभएको छ ।
नागरिक शक्ति नेपालबाट लक्ष्मी श्रेष्ठ, नेपाल जनता संरक्षण पार्टीबाट हिरादेवी कार्की, जनता समाजवादी पार्टी नेपालबाट करण श्रेष्ठ, नेकपा (माओबादी)बाट मोहनलाल विश्वकर्मा, बिन्दु पाइन, नेपाल कम्युनिष्ट पार्टी(माले)बाट मुना माझी, बसन्तकुमार पाण्डे, सानुमाया माझी, संयुक्त नागरिक पार्टीबाट सिताराम गिरी, श्रीजनी गिरी, सहरी गिरी, नेपाल सद्भावना पार्टीबाट नारन गिरी, विकी पराजुली, गोमा तिमल्सिना, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय दल नुर्पु गेजेन शेर्पा, सानी शेर्पा, रामचन्द्र घतानी, आम जनता पार्टीबाट अजयबहादुर तामाङ, अस्मिता लामा, नानुमाया तामाङ र नागरिक सर्वोच्चता पार्टी नेपालबाट रत्नप्रसाद श्रेष्ठ, सुस्मिता श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठ, सोवर्णबहादुर भण्डारी र बिन्दा सिन्चुरी समानुपातिक बन्द सूचिमा समेटिनुभएको छ । निर्वाचन आयोगले माघ १० गतेसम्म बन्द सूचिमा समेटिएका नामको योग्यतामा दावी विरोध गर्ने समय प्रदान गरेको छ ।