टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), माघ ५ गते । मुसिकोटका १३६ नागरिकको निःशुल्क आँखा जाँच तथा ३२ जनाको शल्यक्रिया गरिएको छ । नेपाल नेत्र ज्योतिसङ्घ जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र र कृष्णहरि रुद्रावती सापकोटा आँखा उपचार केन्द्र वामीको आयोजनामा निःशुल्क शिविर सञ्चालन गरिएको थियो ।
शिविरमा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा अनुसन्धान केन्द्र भैरहवाकी नेत्र रोग विशेषज्ञ डाक्टर श्वेता श्रेष्ठ सहित जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र गुल्मी र कृष्णहरि रुद्रावती सापकोटा उपचार केन्द्रको प्राविधिक टोलीले आँखा जाँच तथा शल्यक्रिया गरेको थियो।
शिविरमा बोल्दै मुसिकोट नगरपालिका प्रमुख जिवलाल खरेल जीवनुले नागरिकको स्वास्थ्य प्रति स्थानीय सरकार सधै संवेदनशील रहेको बताउनुभयो । उहाँले स्वास्थ्य सस्थाहरूको सवलीकरण, जनशक्ति व्यवस्थापन र शिविर मार्फत नागरिकको काम गरिरहेको खरेलले बताउनु भयो ।
कार्यक्रम कृष्णहरि सापकोटाको अध्यक्षता, नेपाल नेत्रज्योति सङ्घ जिल्ला शाखा गुल्मीका सभापति अखिलेश्वर प्रसाद पाण्डेय, सचिव पदमप्रसाद पाण्डे, लुम्बिनी नेत्र विज्ञान तथा अनुसन्धान केन्द्रका वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर स्वेता श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।