हुलाकी राजमार्ग निर्देशनालयले बाँकेको राप्तीसोनारी गाउँपालिका–३, नारायणपुरबाट दाङको राजपुर गाउँपालिका जोड्ने सडकखण्डको निर्माण प्रक्रिया अगाडि बढाएको छ ।
बुद्ध धर्मावलम्बी भिक्षुको तीनमहिने वर्षाबास सम्पन्न भएको छ । बुद्धकालीन समयदेखि निरन्तर चलिआएको यो परम्परा अनुसार भिक्षुहरू वर्षा ऋतुको तीन महिनासम्म एकै स्थानमा रहँदै ध्यान, साधना र देशनामा समय बिताउँछन् । यस अवधिमा उनीहरू विहार वा मोनास्ट्रीमै बस्दै धार्मिक अनुशासनको अभ्यास गर्छन् ।
नियमित कमाइ नहुनेहरू आफूसँग भएको सानो पुँजी ब्याज पाउने लोभमा सापटी दिने तर फिर्ता पाउन नसकेर पीडित हुने गरेका छन् । टीकापुर नगरपालिका–१ का एक जना ज्येष्ठ नागरिक भक्तराज (नाम परिवर्तन) यस्तै पीडामा हुनुहुन्छ ।
र्लाहीको कौडेना गाउँपालिका–२, फूलपरासीमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । बुधबार दिउँसो गोमन सर्पले डसेर स्थानीय रविन्द्र यादवकी ४२ वर्षीया श्रीमती नयनदेवी यादवको मृत्यु भएको हो ।
बर्सेनि मनसुनजन्य विपत्को सामना गर्दै आएको सुदूरपश्चिम प्रदेशमा यस वर्षको मनसुन पूर्वतयारी प्रतिकार्य कार्ययोजना (एमपिआरपी) निर्माणमा प्रदेश सरकारले लापर्बाही गरेको छ ।
रातिको दुई बजेर बिस मनेट गइसक्यो निन्द्रा पटक्कै लागेकै होइन । आजभोलि मेरा प्रत्येक रात नै अनिदो बित्ने गरेका छन् । खै निन्द्रा किन आँखासँग वैरी साँधिरहेको छ, केही बुझ्नै
यही असोज १७ र १८ गते परेको अविरल झरी पश्चात आएको बाढी पहरोले पाँचथरमा मात्रै ५७ करोड ५० लाख रुपियाँ बराबरको क्षति भएको छ ।
यही असोज १७ र १८ को अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको अधिकांश बाटो बगाएपछि आवागमनमा समस्या भएको छ ।
यहाँको आँबुखैरेनीका कृषक मादले काँक्रोखेतीतर्फ आकर्षित हुन थालेका छन् । पछिल्लो समय मादले काँक्रोले बजार पाउन थालेपछि कृषक यसतर्फ आकर्षित भएका हुन् । यसपटक मात्रै यहाँका छवटा कृषक समूहमा आबद्ध कृषकले काँक्रो बिक्री गरी रु छ लाख ३५ हजार आम्दानी गरेका छन् ।
‘स्थानीय सेवा, विश्वव्यापी पहुँच’ नाराका साथ आज विश्वका विभिन्न राष्ट्रमा विश्व हुलाक दिवस मनाइँदै छ । सन् १८७४ मा स्विजरल्याण्डको राजधानी बर्नमा विश्व हुलाक सङ्घको स्थापना भएको वार्षिकोत्सवका रूपमा प्रत्येक वर्ष अक्टोबर ९ मा यो दिवस मनाइन्छ ।
इराकका लागि नेपालका राजदूत घनश्याम लम्सालले त्यहाँका राष्ट्रपति डा अब्दुल्लातिफ जमाल रसिदसमक्ष बुधबार बग्दादस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।
तलब नपाएको भन्दै सप्तरीको खडक नगरपालिकामा शिक्षकहरुले तालाबन्दी गरेका छन् । चार महिनादेखि तलब नपाएको र भोकै पेट काम गर्ने नसक्ने उल्लेख गर्दै बुधबार शिक्षकहरुले कल्याणपुरस्थित नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोटे भाषा
तनहुँको व्यास नगरपालिका–१०, बोटेगाउँ र कुमालटारीका बोटे समुदायहरू दसैँमा लागेको ऋण तिर्न फेरि नदी किनारतर्फ लागेका छन् । “आयो दसैँ ढोल बजाई गयो दसैँ ऋण बोकाई” भन्ने उखान जस्तै, उनीहरू साहुसँग ऋण लिएर दसैँ मनाउने र त्यसपछि बालुवामा सुन खोजेर ऋण तिर्ने पुरानै परम्परा रहेको छ ।