• ५ माघ २०८२, सोमबार

विश्वविद्यालयको गुणस्तरमा प्रश्न

blog

अहिले हामीहरू एक्काइसौँ शताब्दीको तेस्रो दशकमा यात्रा गरिरहेका छौँ । आज विश्व ज्ञान, विज्ञान, अनुसन्धान र नवप्रवर्धनको प्रतिस्पर्धात्मक दौडमा अगाडि बढिरहेको छ । यो प्रतिस्पर्धा गर्न सक्ने क्षमताको आधार शिक्षा हो । ज्ञान, विज्ञान, प्रविधि भौतिक तथा मानव विकासको मुख्य आधार विश्वविद्यालय हुन् । विश्वविद्यालय मानव पुँजी उत्पादन गर्ने मुहान हुन् । अहिले हाम्रो देशमा १९ वटा विश्वविद्यालय सञ्चालनमा छन् । यी विश्वविद्यालयमा विभिन्न सङ्काय र विषय अध्ययन अध्यापन हुने गरेको हो । नेपाली समाजलाई शिक्षित बनाउने कार्यमा यी संस्थाले ठुलो योगदान गरेका छन् । विश्वविद्यालय गुणस्तरको बारेमा प्रश्न उठिरहेका छन् । हाम्रा विश्वविद्यालय अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धी बन्न सकेका छैनन् । 

जर्मन चिन्तक विल्हेल्म भोन हम्बोल्ट भन्छन्, “विश्वविद्यालय त्यहाँ विश्वस्तरको बन्द छ, जहाँ शिक्षण र अनुसन्धान एक अर्काबाट अलग हँुदैनन् ।” हाम्रा विश्वविद्यालयको शिक्षण र अनुसन्धानको अवस्थालाई नियाल्दा विल्हेल्मको भनाइसँग मेल खाँदैन । विश्वविद्यालयमा शिक्षण सिकाइ समयसापेक्ष, आधुनिक, प्रविधिमैत्री तथा अनुसन्धानमूलक हुन सकेको अवस्था छैन । समयसापेक्ष शिक्षणको कुरा गर्दा श्रमबजार, प्रविधि र सिर्जनासँग जोडिएको शिक्षण पद्धतिलाई बुझ्नु पर्छ । यसका लागि शिक्षण, पाठ्यव्रmम, पाठ्यपुस्तक तथा  मूल्याङ्कन पद्धति आधुनिक, व्यावहारिक एवं अनुसन्धानमुखी हुनु पर्छ । 

हाम्रा विश्वविद्यालय बेरोजगार जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्थाका रूपमा सञ्चालित छन् । यसो हुनुको पछाडि राज्यको शिक्षाप्रतिको दृष्टिकोण, शिक्षानीति, पाठ्यव्रmम, पाठ्यपुस्तक, शिक्षण सिकाइ, मूल्याङ्न पद्धति, अनुसन्धानको संस्कृति जस्ता विषयले प्रत्यक्ष प्रभाव पारिरहेका हुन्छन् । विश्वविद्यालय राष्ट्रको बौद्धिक, विज्ञ तथा विशेषज्ञ उत्पादन गर्ने संस्था भएकाले यी संस्था कमजोर हुँदा देशका हरेक क्षेत्र कमजोर हुन्छन् । शिक्षाविद् क्लार्क केरका शब्दमा विश्वविद्यालय परिवर्तनको कुरा गर्छन् तर स्वयम् परिवर्तन हुन सबैभन्दा ढिला गर्ने संस्थामध्ये पर्छन् भन्ने छ । केरको भनाइ हाम्रो देशका विश्वविद्यालयको रूपान्तरणको सन्दर्भमा  ऐना जस्तै छ । 

विश्वविद्यालय समयसापेक्ष हुनुपर्ने नारा गुञ्जिएको दशकौँ बितिसकेको छ । परन्तु यी संस्थाले पाठ्यव्रmम, पाठ्यपुस्तक, शिक्षण सिकाइ तथा मूल्याङ्कन पद्धतिमा समयसापेक्ष सुधार गर्न नसकेको विज्ञ बताउँछन् । युनेस्कोले लोकतन्त्र र दिगो विकासको आधार उच्च शिक्षालाई मानेको छ । लोकतन्त्र निर्वाचनको प्रव्रिmया मात्र होइन, यो सचेत नागरिकको, आलोचनात्मक सचेतनाको जगमा विकास हुन्छ । लोकतन्त्रको विकास नभई दिगो विकास सम्भव हुँदैन । यस अर्थमा देशको उच्चशिक्षा अनुसन्धानमुखी, गुणस्तरीय तथा व्यावहारिक हुन आवश्यक मात्र होइन, अनिवार्य सर्त हो । 

हाम्रा विश्वविद्यालय भवन, पाठ्यव्रmम, पाठ्यपुस्तक तथा प्रमाणपत्र वितरण गर्ने संस्थाका रूपमा मात्र सञ्चालन हुँदै आएको आमबुझाइ छ । यो राष्ट्रको बौद्धिक चेतना, आलोचनात्मक विवेक, सिर्जनात्मक कर्म तथा अधिकार र कर्तव्यबोध भएका नागरिक उत्पादन गर्न विश्वविद्यालयको रूपान्तरण आवश्यक ठानिन्छ । विश्वविद्यालय गुणस्तरीय हुन नसक्दा पढेलेखेका शिक्षित जनशक्तिमा आर्थिक आयआर्जनका लागि विदेश पलायन हुनु परेको छ । उच्च शिक्षासम्मको अध्ययनले शिक्षित जनशक्तिलाई आयआर्जनका बाटा र पाटा खोज्ने, रोज्ने र आर्थिक समृद्धिको बाटोमा आत्मविश्वासका साथ काम गर्ने क्षमता आर्जन हुन नसकेको स्थिति छ । 

अमेरिकन शिक्षाशास्त्री जोन डिवेका शब्दमा विश्वविद्यालय राष्ट्रनिर्माणको प्रयोगशाला हो, यो केवल डिग्री उत्पादन गर्ने कारखाना होइन । हाम्रो देशको सन्दर्भमा डिवेले भने जस्तो विश्वविद्यालय राष्ट्रनिर्माणका प्रयोगशाला हुनु सकेको अवस्था छैन । जर्मन दार्शनिक कार्ल यास्पर्स भन्छन्, “विश्वविद्यालयको आत्मा स्वतन्त्र चिन्तनमा निहित हुन्छ, जब राजनीति त्यसमा हाबी हुन्छ, तब विश्वविद्यालयले आफ्नो अस्तित्व गुमाउन थाल्छ ।” कार्लको भनाइको आधारमा हेर्दा हाम्रा विश्वविद्यालय राजनीतिक प्रभावबाट स्वतन्त्र छन् त ? जानकार भन्छन्, 

“छैनन् ।” विश्वविद्यालयमा व्यापक राजनीतिक हस्तक्षेप हुने गरेको छ । 

प्राज्ञिक क्षेत्रलाई सञ्चालन गर्न प्राज्ञिक विशेषज्ञता चाहिन्छ । हाम्रो देशमा विश्वविद्यालयको कुलपति प्रधानमन्त्री तथा सहकुलपति शिक्षामन्त्री हुने नीतिगत प्रबन्ध छ । अहिले विश्वविद्यालय सञ्चालन गर्ने जिम्मा प्राज्ञिकलाई दिनुपर्ने बहस चलेको छ । तथापि कार्यान्वयनमा गएको अवस्था छैन । फ्रान्सका दार्शनिक जुलियन बेन्डाले बौद्धिक वर्गले सत्यभन्दा सत्ता रोज्दा सभ्यता पतनको दिशातर्फ जान्छ, भन्छन् । हाम्रो देशको सन्दर्भमा बौद्धिकले राजनीतिक दल वा नेतृत्वको आशीर्वादलाई पद र प्रतिष्ठा आर्जन गर्ने माध्यम बनाउँदा यी प्राज्ञिक संस्था अब्बलस्तरको हुन नसकेको शिक्षाविद्को कथन छ । विश्वविद्यालयका नेतृत्व प्रदायक क्षेत्रमा ‘राइट म्यान इन राइट प्लेस’ हुन सकेको छैन । विश्वविद्यालय ज्ञान उतपादन, अनुसन्धान, नवप्रवर्धन, आलोचनात्मक चिन्तन तथा रोजगारमैत्री बनाउनु पर्नेमा राजनीतिक शक्ति सङ्घर्षका चेपवामा पर्दै आएको प्राज्ञिक वर्गको भनाइ छ । 

विश्वविद्यालय व्यक्तिको मात्र नभएर समाज तथा सिङ्गो राष्ट्रको उन्नतिको मुहान हो किनकि यहीँबाट ज्ञान, चेतना, सिप नेतृत्वको प्रवाह सुरु हुन्छ । राष्ट्रको आवश्यक मानव स्रोत, वैज्ञानिक, अध्येता, अनुसन्धानकर्तालगायत विज्ञ तथा विशेषज्ञ उत्पादन हुने ठाउँ भनेकै विश्वविद्यालय हुन् । यी प्राज्ञिक संस्थाबाट दक्ष जनशक्ति मात्र उत्पादन हुँदैनन्, यहाँ सोच्ने, प्रश्न गर्ने, राष्ट्रलाई सही दिशामा डो¥याउने सक्षम नागरिक तयार हुन्छन् । यस सन्दर्भमा राज्यले विश्वविद्यालयलाई विश्वस्तरमा प्रतिस्पर्धी बनाउने कार्य दृढ सङ्कल्पका साथ गर्न जरुरी छ । 

विश्वविद्यालय खोज, अनुसन्धान र नवप्रवर्तनका केन्द्र हुन् । जर्मन दार्शनिक विल्हेल्म फोन हम्बोल्टका शब्दमा पनि विश्वविद्यालयको आत्मा नै अनुसन्धान हो भन्ने छ । अमेरिकन वैज्ञानिक जुलियस रोबर्ट ओपेनहाइमरको अनुसन्धानले सोच्न सक्ने मानवपुँजी निर्माण गर्छ भन्ने छ । नेपालको सन्दर्भमा हेर्दा अनुसन्धानमा हाम्रा विश्वविद्यालय पछाडि परेको देखिन्छ । अनुसन्धान विनाको शिक्षामा परिवर्तन गर्न सक्ने नवीन सोचको कमी हुन्छ । 

विश्वविद्यालय अन्तर्राष्ट्रिय स्तरको हुनु पर्छ भन्नेमा राज्य, विज्ञ, विशेषज्ञलगायत सरोकारवालाले बोलेको र कलमजीवीले लेखेको पाइन्छ । राज्यसँग यी संस्थालाई अब्बल बनाउने प्रस्ट मार्गचित्रको अभाव देखिन्छ । पहिलो चरणमा विश्वविद्यालयलाई समयसापेक्ष बनाउन शिक्षा नीति, पाठ्यव्रmम, पाठ्यपुस्तक, शिक्षण विधि, मूल्याङ्कन प्रव्रिmयामा सुधार गर्नुका साथै भौतिक सुविधा, राजनीतिक हस्तक्षेपको अन्त्य तथा मेरिटोव्रmेसीका आधारमा सञ्चालन गर्ने प्रबन्ध गर्नु पर्छ । 

विश्वस्तरको विश्वविद्यालय निर्माण गर्ने कुरा असम्भव नभए पनि सजिलो पक्कै छैन । राज्यको इच्छालाई व्यवहारमा परिणत गर्न सामूहिक प्रतिबद्धता चाहिन्छ । अब विश्वविद्यालयलाई राजनीतिक भागबन्डाको थलो होइन, बौद्धिक, स्वायत्त, अनुसन्धान र नवप्रवर्तनको केन्द्र बनाइनु पर्छ । यसो हुन सकेमा हाम्रा विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरका विश्वविद्यालयसँग तुलना गर्न योग्य बनाउने सपना पूरा हुन सक्छ । यो सफलता चेतनापूर्ण सङ्घर्ष, धैर्य र दीर्घ दृष्टिकोणबाट मात्र सम्भव छ । 

आज विश्वस्तरका विश्वविद्यालय भन्ने अवधारणा हाम्रा लागि न पूर्ण रूपमा असम्भव सपना हो न त सजिलै प्राप्त हुने सम्भावना । यो सम्भावनालाई सार्थक रूप दिन राज्य र यसका सम्बन्धित संयन्त्रले प्रतिबद्धताका साथ काम गर्नु पर्छ । आजको विश्वसँग प्रतिस्पर्धा गर्न हाम्रा विश्वविद्यालयले अरूको नक्कल होइन, सन्दर्भ अनुकूल मौलिकता, खोज, अनुसन्धान तथा रूपान्तरणउन्मुख शैक्षिक कार्यव्रmमका साथ अगाडि बढ्नु पर्छ ।