• ५ माघ २०८२, सोमबार

आयोगद्वारा समानुपातिकको बन्दसूची सार्वजनिक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ५ गते   । निर्वाचन आयोगले समानुपातिकको बन्दसूची सार्वजनिक गरेको छ । पुस १३ र १४ गते राजनीतिक दलले पेस गरेको बन्दसूची जाँचबुझपछि संशोधन र फिर्ता गरी बाँकी उम्मेदवारका नाम आयोगले सार्वजनिक गरेको हो । आयोगका अनुसार ५७ निर्वाचन चिह्नमा ६३ राजनीतिक दलबाट तीन हजार २१३ जना उम्मेदवार रहेका छन् । 

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बन्दसूची सार्वजनिक गरिएको जानकारी दिनुभयो । आयोगले प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा २५ बमोजिम बन्दसूची सार्वजनिक गरेको हो ।  

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यतालिका अनुसार सार्वजनिक भएका कुनै पनि उम्मेदवारमाथि उजुरी भएमा माघ ५ गतेदेखि १० गतेसम्म उजुरी दिन सकिने छ । निर्वाचन आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा दाबीविरोधमा निवेदन दिन सकिने व्यवस्था छ । 

समानुपातिकतर्फ निर्वाचनमा भाग लिन नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल, जनमत पार्टीलगायको उम्मेदवारी छ । 

समानुपातिकसमेतमा भाग लिने गरी ९३ दलले दल दर्ताको प्रव्रिmया पूरा गरेका थिए तर बन्दसूची ६४ राजनीतिक दलका तर्फबाट ५४ दलले एकल र चार दलले संयुक्त चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने गरी बन्दसूची बुझाएका थिए । बन्दसूची बुझाएपछि जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबिच एकीकरण भएपछि ६३ दल मात्र भएका हुन् । मतपत्रमा भने ५८ वटा नै चिह्न रहने छन् ।