गुणबहादुर रोका
सुलीकोट, माघ ४ गते । गोरखाको पालुङटार नगरपालिका–२, कटहरेमा एक पुरुषको शव फेला परेको छ । आइतबार कटहरेस्थित सडकको नालीमा सिरानचोक गाउँपालिका–४, छोप्राक घर भएका ४५ वर्षीय रामप्रसाद पोखरेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्थानियले सडक किनारको नालीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी टोली घट्नास्थल पुगी प्रारम्भिक मुचुलका उठाई शव पोस्टमार्टमका लागि भरतपुरको सरकारी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
शवको बाहिरी रूपमा कुनै गम्भीर चोटपटक नदेखिएकाले घट्नाको वास्तविक कारण खुल्न बाँकी छ, प्रहरी नायब उपरीक्षक श्रेष्ठले भन्नु भयो, ‘घट्नास्थल वरपरका स्थानियसँग सोधपुछ गर्नुका साथै मृतकको आवतजावत र पछिल्ला गतिविधिबारे समेत जानकारी सङ्कलन भइरहेको छ ।’
उक्त घटनाकाे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।