• ४ माघ २०८२, आइतबार

धारिलो हतियारले युवतीको हत्या

blog

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, माघ ४ गते । म्याग्दीको धवलागिरी गाउँपालिका –७, सिवाङ झिनडाँडामा शनिबार राति धारिलो हतियार प्रयोग गरी एक युवतीको हत्या भएको छ । 

अन्दाजी २० वर्षीया पुनमाया विकको धारिलो हतियार प्रयोग गरी शरीरको विभिन्न भागमा प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले बताउनुभयो । 

राति साढे १० बजे घर बाहिर निस्केको समयमा पछाडिबाट अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरेपछि विक गम्भीर घाइते हुनुभएको थियो । गम्भीर घाइते अवस्थामा विकलाई राति नै प्रादेश अस्पताल बेनीमा उपचारका लागि ल्याइएको थियो ।  अस्पतालमा उपचारको क्रममा आज बिहान २ बजेर २० मिनेटमा चिकित्सकले मृत घोषित गरेको प्रनाउ थापाले जानकारी दिनुभयो । 

घटनाको विवरण प्राप्त भएसँगै प्रहरी टोली राति नै घटनास्थलमा परिचालन गरिएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो । प्रहरीबाट घटनाको आवश्यक अनुसन्धान थाल्नुका साथै घटनामा संलग्नको खोजी थालिएको उहाँको भनाइ छ । मृतक विकको शव पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।