शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, माघ ४ गते । राष्ट्रिय सभाका तीन सदस्यले राजीनामा दिनु भएको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरू वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा (एमाले) की भगवती न्यौपानेले राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष राजीनामा पेस गर्नु भएको संसद्का प्रवक्ता एकराम गिरिले बताउनु भयो ।
नेकपा नेता गौतम बर्दिया–१, श्रेष्ठ सर्लाही–३ र न्यौपानेले तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न पदत्याग गर्नु भएको हो । उहाँहरूको कार्यकाल आगामी फागुन २० गतेसम्म थियो । रासस