माधवप्रसाद बराल
माछापुच्छे« (कास्की), माघ ४ गते । पोखराको मालेपाटनस्थित वाराही माध्यमिक विद्यालयको खेल मैदानमा अचानक एउटा ठुलो ‘साइरन’ बज्यो । जमिन हल्लिएको महसुस भयो । हेर्दाहेर्दै शान्त वातावरण कोलाहलमा बदलियो । ‘भूकम्प आयो ! भूकम्प आयो !’ भन्ने चिच्याहटले मैदानमा मानिसको भागदौड होला जस्तै भयो ।
नजिकै बनाइएका घरका संरचना भत्किन र ढल्न थाले । हेर्नेको मुटु ढुक्क फुल्यो । केही व्यक्ति भग्नावशेषमुनि पुरिए, केही घाइते अवस्थामा छटपटाउन थाले । दृश्य यति जीवन्त थियो कि लाग्थ्यो पोखराले ठुलो भूकम्पको सामना गरिरहेको छ तर यो वास्तविक भूकम्प भने थिएन । यो त २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आयोजित कृत्रिम भूकम्पको घटना अभ्यास थियो । जिल्ला विपत् व्यवस्थापन समिति, पोखरा महानगरपालिका र सशस्त्र प्रहरी बल, नेपाल नं. २४ कालिका गण कास्कीको सहकार्यमा कृत्रिम घटना अभ्यास गरिएको थियो ।
भूकम्प गएको केही मिनेटमै उद्धार टोली सव्रिmय भयो । सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेनाको साथमा स्थानीय पनि उद्धार र खोजीमा सव्रिmए भए । सुरक्षाकर्मी जवान अत्याधुनिक उपकरणसहित घरमा फसेकाको उद्धारमा लागे । घाइतेलाई स्ट्रेचरमा हालेर प्राथमिक उपचारका लागि कुदाइयो ।
विपत्को समयमा जनधनको क्षति कसरी कम गर्ने र खोज तथा उद्धार कार्यलाई कसरी तीव्र पार्नेका लागि गरिएको भूकम्प सुरक्षासम्बन्धी कृत्रिम अभ्यासमा निकै मन छुने र सबैले मनन गर्ने गरी प्रदर्शन गरिएको थियो । सो प्रदर्शनीले सबैलाई भूकम्प सुरक्षाको उपाय, सुरक्षित संरचना निर्माण र पूर्वतयारी नै बचावटको मुख्य आधार हो भन्ने पाठ सिकाएको थियो ।
कार्यव्रmममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपाल भूकम्पको दृष्टिले जोखिमपूर्ण रहेकाले यसप्रति पूर्वसचेतना अपनाउनुपर्ने बताउनुभयो । उहाँले पोखरा महानगरपालिकाले भवन निर्माण आचारसंहितालाई कडाइ गरेको जानकारी गराउनुभयो । कृत्रिम घटना अभ्यासले आमनागरिकलाई व्यावहारिक ज्ञान दिन सकेको विश्वास उहाँले व्यक्त गर्नुभयो । कास्कीका जिल्ला समन्वय समिति प्रमुख लीलाधर पौडेलले भूकम्प कुनै जानकारी दिएर नआउने हुनाले यसप्रति पूर्वतयारी र सचेतना महìवपूर्ण हुने बताउनुभयो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कृत्रिम घटना अभ्यासले विपत् जोखिम न्यूनीकरणमा महìवपूर्ण योगदान दिने भन्दै विपत्बाट हुने क्षति कम गर्नका लागि सुरक्षा निकाय, स्थानीय सरकार र समुदायबिचको सहकार्य आवश्यक भएको बताउनुभयो । कार्यक्रममा कालिका गणका गणपति सूर्यप्रसाद तिमिल्सेनाले भूकम्पबाट हुने क्षति न्यूनीकरणका साथै आमनागरिकलाई भूकम्पसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गर्न यो कार्यक्रम गरिएको बताउनुभयो । कालिका गणमा रहेको क्षेत्रीय विपत् व्यवस्थापन टोली २४ घण्टा तयारी अवस्थामा रहने तिमिल्सेनाको भनाइ छ ।