भारतको वृन्दावन यात्रा सकेर फर्किएका करिब दुई हजार तीर्थयात्रीमध्ये पाँच सयभन्दा बढी भैरहवामै रोकिएका छन् । नेपालका पूर्वी क्षेत्र र काठमाडौँ आसपास वर्षा भइरहेका कारण सरकारले पूर्वसावधानी अपनाउँदै यातायातका साधन रोकेपछि ती तीर्थयात्री भैरहवामै अलपत्र परेका हुन् ।
म्याग्दीको रघुगंगा गाउँपालिका ५ झीँ गाउँमा मकै भण्डारण गर्न बनाइएको थाक्रो र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमालको दृश्य ।
पश्चिम बागलुङको गलकोट नगरपालिका–३, हटिया र हरिचौर जोड्ने हटियास्थित गौदी खोलामा निर्मित साँघुबाट स्थानीयले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । आउजाउ गर्न कठिनाइ भएपछि साँघुरो साँघु स्थानीयले श्रमदान गरेर बनाएका हुन् ।
शुक्रबार रातिदेखिको अविरल वर्षाले मधेश प्रदेशको जनजीवन नराम्ररी प्रभावित भएको छ । भारी वर्षासँगै परेको चट्याङ लागेर रौतहटमा तीन जना र डुबेर एक जना गरी चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । वर्षाका कारण सयौँ घर डुबानमा परेका छन् । स्थानीय प्रशासनले राहत र उद्धारको कार्यलाई तीव्रता दिएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मेचे भाषा
मदनभण्डारी राजमार्गअन्तर्गत रिडी‐तम्घास सडकखण्ड सुख्खा पहिरोका कारण अवरुद्ध भएको छ । रुरुक्षेत्र गाउँपालिका ‐३ स्थित पानीटङ्कीनजिकै सडकमाथिबाट ठुलो चट्टानसहितको सुख्खा पहिरो खसेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगही भाषा
जेनजी प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट फरार रहेका कैदी तथा थुनुवालाई आज साँझसम्म फिर्ता समय सीमा निर्धारण गरिएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –७ टिकोटका वुद्धीवीर पुनले तरकारी खेतीबाट वार्षिक रु। सात लाखसम्म आम्दानी गर्नुहुन्छ । पन्ध्र रोपनीमा बन्दा, साग, आलु लगायत ताजा तरकारी र पाँच रोपनीमा किवी खेती गरेका ४६ वर्षीय पुन तरकारी र फलफुल खेतीबाट स्वरोजगारसँगै आत्मनिर्भर बन्नुभएको हो ।
बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ ।
वर्षाले जोखिम भएको भन्दै चितवन प्रशासनले जिल्लामा शनिबारदेखि रोकिएका सवारीसाधन आइतबार गन्तव्यमा पठाएको छ । राजधानी काठमाडौँसहित पूर्व
मालिका गाउँपालिका–५ मगरदाङ्गमा रहेको गौबोमबस्त माविलाई विदेशमा बसोबास गर्ने पूर्वविद्यार्थीहरुले रु आठ लाख ५० हजार मूल्य बराबरको शैक्षिक उपकरण सहयोग गरेका छन् ।
भारी वर्षाका कारण रौतहटको महेशपुर गाउँ डुबानमा परेको छ । वर्षाका कारण गाउँ जलमग्न छ । रौतहटको राजपुर नगरपालिका–२ मा रहेको महेशपुर गाउँका करिब ५० वटा घरमा पानी परेको वडाध्यक्ष सोनालाल पण्डित कुम्हरले जानकारी दिनुभयो ।
नेपाल राष्ट्र बैंकले आज सोमवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ३४ पैसा कायम भएको छ ।
प्राकृतिक विपत् साइत हेरेर आउँदैन । उसको आफ्नै समय र सन्दर्भ हुन्छ । प्रकृतिको आफ्नै नियम हुन्छ । विज्ञानले प्रकृतिका ती कठोर नियमलाई सजिलो बनाउँदै लगेको पनि छ । अविरल वर्षा हुनु केही दिनअघि नै पूर्वजानकारी मिल्छ