तमोर कोरिडोरअन्तर्गत कुम्मायक गाउँपालिका–३ कात्तिकेमा शनिबार भएको बोलेरो दुर्घटनामा ज्यान गुमाउने ६ मध्ये ४ जना मेरिङदेन गाउँपालिकाका छन् ।
अविरल वर्षाका कारण मुलुकका विभिन्न राजमार्गमा क्षति पुग्न गई सवारी आवागमन अवरुद्ध भएको छ ।
गुल्मी जिल्लाको पश्चिममा प्रख्यात मानिने सराय नाच दसैं टीकाको भोलिपल्टबाट विभिन्न ठाउँमा खेलिन्छ । लामो इतिहास रहेको सराय नाच पुस्तान्तरण नभएकाले जोगाउन मुस्किल परिरहेको छ । हतियारको साथमा खेलिने परम्परागत साहसिक नाच सराय नाच जोगाउन मुसिकोट नगरपालिका–४ बडागाउँमा भने प्रतियोगीता नै गर्नुपर्ने बाध्यता परेको छ ।
अविरल वर्षा र प्रतिकूल मौसमका कारण स्थगन गरिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका सबै उडान आजबाट नियमित भएका छन् ।
काठमाडौंमा आइतबार घाम लागेपछि पिङ खेल्दै बालबालिका
सप्तकोशी नदीमा पानीको बहाव असामान्य रुपले बढेको छ । कोशी ब्यारेजमा पानीको बहाव ४ लाख ८६ हजार ७६० क्युसेक पुगेपछि ब्यारेजमा रहेका ५६ वटै ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।
“हामी जति सुखी मानिस यस संसारमा होला कि न होला प्रताप बाबु ?” एकचोटि दीक्षाले प्रतापको अँगालोभरि बाँधिएर सोधेकी थिइन् ।“सुख अनुभूति गर्नु पनि एउटा कला हो, सुख अनुभूति गर्न सन्तोष
नेपालकी एरिका गुरुङले शुक्रबार कराँते वान सिरिज ‘ए’ मा स्वर्ण पदक जित्नुभएको छ । मलेसियाको क्वालालम्पुरमा भएको प्रतियोगिता अन्तर्गत ६८ केजीमाथिको स्पर्धाको फाइनलमा एरिकाले ट्युनिसियाकी तेस्निम मास्कनीलाई २–० हराउनुभयो । यसअघि उहाँले प्रिक्वाटरफाइनलमा पोर्चुगलकी लोरेनजो हेलना, क्वाटरफाइनलमा जर्मनीकी रोहलमान चार्लोट र सेमिफाइनलमा चेक गणतन्त्रकी हकोभा अमाल्जीलाई पराजित गर्नुभएको थियो ।
आमा बितेपछि घर बस्न लागेन् । जीवनमा शून्यता छायो । मलाई के गरौँ कसो गरौँ भयो । उहा“ले यति चा“डै छोडेर जानुहुन्छ भन्ने सोचेकै थिइनँ । जति सम्झिए पनि चित्त बुझाउन सकिनँ । मैले बुवाको माया
गत शुक्रबार र शनिबारको वर्षाले पश्चिम नेपालबाहेकको जनजीवन प्रभावित बनायो । आज मौसम बदली कायम रही मनसुनी वायुको प्रभावले पूर्वी नेपाल थप प्रभावित बनाइरहेको छ ।
मुसिकोट नगरपालिका–२ का सुरज केसी दसैमा आउँदा दुई दिन मुग्लिनको पहिरोका कारण जाममा बस्नुपर्याे । जेनतेन तीन दिन गाउँमा दसैँ रमाइलो नै रह्यो । तर, व्यापारका कारण सहर फर्किनुपर्ने बाध्यता केसीसँग छ ।
इलाममा पहिरोमा परेर कम्तीमा १४ जनाको मृत्यु भएको छ । जिल्लाको विभिन्न स्थानमा गए रातिको बाढी पहिरोमा पुरिएर मृत्यु भएको पाइएको हो ।
गुल्मीका फाँटहरुमा धान पाक्न थालेर पहेँलै देख्न सकिन्छ। गत असार महिनामा रोपेको धान अहिले पाक्न सुरु भएसंगै फाँटहरु र धान रोपेको खेतमा पहेँलै देख्दा जिल्लाका किसानहरुमा खुसी समेत देखिएका छन। धान रोपिएका यहाँका विभिन्न फाँट तथा खेतमा अहिले धान पाक्न थालेसँगै पहेँलै देखिन थालेका छन्।
मेची करिडोरमा पर्ने तीन ठाउँका बेलीब्रिज गएरातिको बाढीले बगाएको छ । माईखोला बेलासे, केचना–कञ्चनजंघा र पुवाखोलाको भर्खरै मात्र निर्माण सम्पन्न भएको बेलिब्रिज गएरातिको बाढीले बगाएको हो ।
मधेश प्रदेशमा शुक्रबार साँझदेखि निरन्तर पानी पर्न थालेपछि कमला, कोशी, बलान, बागमती, लालबकैया, जलाद्धसहितका नदीमा पानीको सतह बढ्दै गएको छ । आमनागरिकको जनजीवनसमेत प्रभावित भएको हो ।