सर्लाहीको कौडेना गाउँपालिका–३, मा लखन्देही खोलाको बाढीले करिब १५० मिटर सडक बगाएपछि पूर्वपश्चिम हुलाकी राजमार्ग अवरुद्ध बनेको छ।
जल तथा मौसम विज्ञान विभागले विज्ञप्ति जारी गर्दै वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बहिरिएर मनसुन कमजोर हुँदै गएको जनाएको छ।
सर्लाहीको कौडेना गाउँपालिका–३ पर्सा स्थित लखनदेही नदीको बाढीले हुलाकी मार्ग बगाउँदा जिल्लाको पश्चिमी क्षेत्र सदरमुकाम मलङ्गवासँग सम्पर्कबिच्छेद ।
बाढीपहिरो तथा विपद्को सम्भावित घटनालाई मध्यनजगर गर्दै लामो दूरीका रात्रिकालीन बसलाई साँझ ५ बजेभित्रमा पुगेकालाई मात्रै नागढुङ्गाबाट प्रस्थानका लागि अनुमति दिइने भएको छ ।
सर्लाहीमा शुक्रबार रातिदेखि आइतबार बिहानसम्म भएको अविरल वर्षापछि डुबान तथा कटानबाट एक हजार ६१९ परिवार विस्थापित भएका छन् ।
रौतहटमा करेन्ट लागेर २८ बर्षीय महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार करेण्ट लागेर मृत्यु हुनेमा चन्द्रपुर– ९ चेतनगर बस्ने दिनेश साहको श्रीमती पिन्कुदेवी साह रहेकी छन् ।
झापामा अविरल बर्षासँगै आएको बाढीले बगाउँदा २ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार दिउँसो कन्काई नगरपालिका –४ कोटीहोममा माइखोलाको बिचभागको डिलमा घोप्टो परेको अवस्थामा शव फेला परेको छ ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका –१ भूमिराज टोलका मीनादेवी भट्ट धान काट्ने तयारीमा हुनुहुन्थ्यो । शुक्रवार राति आएको जङ्गली हात्तीको बथानले १० कठ्ठामा लगाएको धानखेती नष्ट गरिदियो ।
लिजी–नेचुङ नाका (कोरला) बाट भित्रिएका ठूला सवारीसाधन मुस्ताङ भन्सार कार्यालयलमा रोकिएपछि मुस्ताङको लोघेकर दामोदरकुण्ड–२,घमी खोलामा सडक डाइभर्सनको काम सुरू भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले स्थापना भएको दुई दशकपछि आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ ।
दुर्गा मूर्ति विसर्जनको क्रममा शुक्रबार नेपालगन्जको केही ठाउँमा विवाद हुँदा भएको झडपले गर्दा अवस्था अझै पनि सामान्य भएको छैन । जिल्ला प्रशासन कार्यालय बाँकेले पाँच ठाउँमा अनिश्चितकालीन निषेधाज्ञा लागू गरेको छ ।
यही असोज १७ र १८ गतेको अविरल वर्षासँगै देशका विभिन्न नदीनालाको बाढीबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका करोडौँका संरचनामा क्षति भएको प्रारम्भिक छ ।
धनुषासहित मधेशका प्रायः सबै जिल्लामा शुक्रबार रातिदेखि नै मेघ गर्जनसहित अविरल पानी परिरहँदा जनजीवन प्रभावित बनेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी आवागमन एकतर्फी रुपले खुला गर्ने निर्णय गरेको छ । प्रशासनले सूचना जारी गर्दै विभिन्न ठाउँमा पहिरो पन्छाएर एकतर्फीरुपमा सवारी सञ्चालनको तयारी भइरहेकाले धादिङ, चितवन, मकवानपुर र नुवाकोट प्रशासनको सूचनाका आधारमा ती जिल्लामा आवागमन एकतर्फी रूपमा खुला गर्ने निर्णय गरेको हो।
मुस्ताङको थासाङ गाउँपालिका–२ टुकुचेबाट आइतबार मौसम खुलेसँगै देखिएको नीलगिरि हिमाल र आसपास हरियाली पहाड।