गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ ३ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारको नाम तय गर्न शनिबार दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ । एमालेले जिल्ला हुँदै प्रदेश कमिटीले सिफारिस गरी पठाएका नाममध्ये प्रत्येक निर्वाचन क्षेत्रमा एक जनालाई उम्मेदवार बनाउने छ । एमालेले एक महिलासहित कम्तीमा दुई जनाको नाम सिफारिस गर्न निर्देशन दिएको थियो । निर्वाचनका लागि यही माघ ६ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।
कांग्रेस विभाजन प्रजातन्त्रलाई खतरा : ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको विभाजनले मुलुकको प्रजातन्त्रमा गम्भीर चिन्ता बढाएको उल्लेख गर्नुभएको छ । शुव्रmबार काठमाडौँमा एमालेको राजधानी प्रदेश कमिटी घोषणा कार्यव्रmमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली कांग्रेस विभाजनको स्थितिमा पुग्नु दुःखद कुरा भएको बताउनुभयो ।
ओलीले विशेष महाधिवेशन भनेर पार्टीको विधानलाई लत्याएर सडकबाट बहुमत पु-याउने प्रयासले मुलुकमा ‘डेमोव्रmेसी’ र समाजलाई अराजकतातर्फ डोहो¥याउने प्रपञ्च रचिएको जिकिर पनि गर्नुभयो । साथै उहाँले एमालेमा प्रजातन्त्रको वास्तविक अभ्यास हुने दाबी गर्दै भन्नुभयो, “हाम्रो जति डेमोव्रmेटिक पार्टी अरू छैन । अरूको देख्नुभएन ? केन्द्रीय कमिटीको बैठक डेढ महिना चल्दा हामी तीन घण्टामा बैठक सकेर काममा लाग्छौँ ।