• ३ माघ २०८२, शनिबार

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

blog

बागमती प्रदेश ब्युरो 

चितवन, माघ ३ गते  ।  प्रतिनिधि सभा निर्वाचनका लागि बागमती प्रदेशका विभिन्न जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । शुक्रबार बिहान चितवन जिल्ला अदालतका न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत केदारनाथ पौडेल र प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले संयुक्त रूपमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापना गर्नुभयो । मुख्य निर्वाचन अधिकृत पौडेलले शुव्रmबार नै चितवनका क्षेत्र नं. १ र ३ मा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको   जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन तालिका अनुसार निर्वाचन कार्यव्रmम प्रकाशन, मतदान स्थान र केन्द्र तोकिएको सूचना प्रकाशित गर्ने छ । 

चितवन क्षेत्र नं. २ मा पर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुर–१० स्थित बाइपास रोडमा रहेको उद्योग तथा वाणिज्य कार्यालयको पुरानो भवनमा स्थापना गरिएको हो । त्यस्तै क्षेत्र नं. १ का लागि भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खैरहनीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ भने क्षेत्र नं. ३ का लागि रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय परिसरमा स्थापना गरिने जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले बताउनुभयो । 

क्षेत्र नं. १ को निर्वाचन अधिकृतमा सर्वोच्च अदालतका विकासकुमार रजक र क्षेत्र नं. ३ मा वन तथा वातावरण मन्त्रालयका उपसचिव बालकृष्ण निरौला निर्वाचन अधिकृत तोकिनुभएको छ । चितवनमा यस पटक कुल मतदाता चार लाख ४२ हजार ८२ जना रहेका छन् । जेनजी विद्रोहपछि २० हजार ६९० जना मतदाता थपिएका छन् । त्यसै गरी जिल्लामा कुल १६२ मतदान स्थल रहेका छन् भने ४९४ वटा मतदान केन्द्र तोकिएको छ ।

मकवानपुर समाचारदाताका अनुसार निर्वाचनका लागि मकवानपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । कार्यालयको मकवानपुर जिल्ला अदालतका न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठ र बागमती प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारीले शुव्रmबार संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।  

दुई वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरको निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गर्दै मुख्य निर्वाचन अधिकृत श्रेष्ठले निर्वाचनमा सही सूचना आग्रह गर्नुभयो । उहाँले भ्रमपूर्ण र मिथ्या सूचनाले समस्या सिर्जना गर्ने भन्दै निर्वाचन भयरहित, स्वतन्त्र र निष्पक्ष रूपमा हुने विश्वास दिलाउनुभयो । 

बागमती प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारीले देश निर्वाचनउन्मुख भएको भन्दै निर्वाचन सम्पन्न गर्न प्रदेश सरकारले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

बनेपा समाचारदाताका अनुुसार आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको आवश्यक तयारीका लागि काभ्रेपलाञ्चोक जिल्लामा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । 

एक समारोहबिच शुव्रmबार धुलिखेलस्थित शिक्षा तालिम केन्द्रमा मुख्य निर्वाचन अधिकृत र प्रतिनिधि सभा क्षेत्र नम्बर २ को कार्यालय र पनौती नगरपालिकाको कार्यालयमा क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गर्दै काभ्रेपलाञ्चोक जिल्ला अदालतका प्रमुख न्यायाधीश मातृकाप्रसाद आचार्यले राजनीतिक दल, राष्ट्रसेवक कर्मचारीलगायत सबैको सामूहिक प्रयासमा ऐतिहासिक निर्वाचन हुन लागेको बताउनुभयो । उहाँले आगामी फागुन २१ मा हुने निर्वाचन सबैले सव्रिmय सहभागिता जनाएर गौरवमय रूपमा निर्वाचन सम्पन्न गर्नुपर्ने बताउनुभयो । 

कार्यव्रmममा मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले निर्वाचन आयोगको तालिका अनुसार शुव्रmबार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको बताउनुभयो । उहाँले एकीकृत रूपमा अघि बढेर निर्वाचन सम्पन्न गरिने बताउनुभयो । उहाँले गाउँघरमा निर्वाचन हुन्न कि भन्ने भ्रम भएका खण्डमा त्यसलाई चिर्न राजनीतिक दलका साथै सञ्चार क्षेत्रले भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले निर्वाचन शिक्षालाई व्यापक बनाउने र आचारसंहिताको पूर्ण पालनाका लागि राजनीतिक दल र सञ्चार क्षेत्रले महìवपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । कार्यव्रmममा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जिल्लामा निर्वाचनलक्षित निर्वाचनसम्बन्धी विभिन्न कार्यव्रmम तथा गतिविधि अघि बढाइएको बताउनुभयो । उहाँले जिल्लामा निष्पक्ष, भयरहित र सबैको स्वस्फूर्त सहभागिता हुने गरी निर्वाचनको वातावरण बनाउन सबै क्षेत्रको भूमिका रहने बताउनुभयो । रसुवा समाचारदाताका अनुसार रसुवा जिल्ला सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय औपचारिक रूपमा स्थापना गरिएको छ । कार्यालयको उद्घाटन जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत ध्र्र्र्र्रुवकुमार उपे्रतीले गर्नुभयो । कार्यालय स्थापना भएसँगै रसुवामा प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण प्रव्रिmया औपचारिक रूपमा सुरु भएको छ ।

उद्घाटन समारोहमा बोल्दै मुख्य निर्वाचन अधिकृत उपे्रतीले आगामी निर्वाचनलाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न जिल्लावासी मतदाता, राजनीतिक दल तथा सरोकारवाला सबै पक्षको सव्रिmय सहयोग अनिवार्य रहेको बताउनुभयो । 

उहाँले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन निर्वाचन आचारसंहिता तथा प्रचलित कानुनी व्यवस्थाको पूर्ण पालना गर्न आग्रह गर्नुभयो ।

कार्यव्रmममा प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले निर्वाचनलाई मर्यादित र सुरक्षित वातावरणमा सम्पन्न गर्न जिल्लास्थित सबै सुरक्षा संयन्त्र जिम्मेवार रहने उल्लेख गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयसँग आवश्यक समन्वय गरेर सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाइने स्पष्ट पार्नुभयो ।

एउटा मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको रसुवामा ३६ वटा मतदान स्थल र ५७ वटा मतदान केन्द« छन् । आगामी निर्वाचनमा जिल्लाभरमा रहेका २७ वटा वडाबाट कुल ४१ हजार ४७१ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी राजन रायले जानकारी दिनुभयो ।

सिन्धुली समाचारदाताका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिन्धुलीमा शुव्रmबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला सदरमुकाम सिन्धुलीमाढीस्थित निर्माणाधीन जिल्ला समन्वय समितिको भवनमा उक्त कार्यालय स्थापना गरिएको हो । दुई वटा निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा दुई वटै निर्वाचन क्षेत्रको निर्वाचन सम्पन्न गराउन सोही भवनमा कार्यालय स्थापना गरिएको छ । 

प्रतिनिधि सभा सदस्यको चुनाव नजिकिँदै गएपछि कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले बताउनुभयो । निर्वाचन सम्पन्न गर्नका लागि जिल्ला सरकारी वकिल कार्यालय प्रमुख निमा घिमिरेलाई निर्वाचन क्षेत्र नं. १ को निर्वाचन अधिकृत र जिल्ला अदालत सिन्धुलीका न्यायाधीश कमलराज विष्टलाई निर्वाचन क्षेत्र नं. २ को जिम्मेवारी दिएर मुख्य निर्वाचन अधिकृत तोकेको छ । उहाँका अनुसार माघ ६ गतेदेखि उम्मेदवारको मनोनयन दर्ता कार्य सुरु हुँदै छ । सिन्धुलीमा साबिककै मतदान स्थल र मतदान केन्द्र कायम भएको छ । निर्वाचनका लागि १५१ वटा मतदान स्थल र २६७ वटा मतदान केन्द्र कायम गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

जिल्लाभरिका मतदान स्थललाई सुरक्षाका दृष्टिले अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरिएको छ । जस अनुसार अति संवेदनशील २५ वटा, संवेदनशील ६५ वटा र सामान्य ६१ वटा मतदान स्थल सूचीमा रहेका छन् । यसअघि २०७९ साल मङ्सिरमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा पनि सिन्धुलीमा कुल १५१ मतदान स्थल कायम गरिएको थियो । तीमध्ये २५ वटालाई अति संवेदनशील, ६४ वटालाई संवेदनशील र ६२ वटा सामान्य सूचीका मतदान स्थल रहेका थिए । जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधि सभाका दुई वटा निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा नौ वटा स्थानीय तहमा ७९ वटा वडा छन् । सिन्धुलीमा २०७९ साल मङ्सिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा दुइ लाख आठ हजार ३६९ मतदाता रहेका थिए । आयोगले पछिल्लो पटक असोज ८ गते सार्वजनिक गरेको मतदाता नामावली विवरण अनुसार सिन्धुलीमा हाल दुई लाख आठ हजार ४१५ जना मतदाता कायम भएका छन् । नयाँ मतदाता नामावली सङ्कलनका व्रmममा जिल्लामा दुई हजारभन्दा बढी नयाँ मतदाता थपिएको कार्यालय प्रमुख ईश्वरनाथ मिश्रले बताउनुभयो । 

चरीकोट समाचारदाताका अनुसार दोलखामा शुव्रmबार मुख्य निर्वाचन अधिकृतको कार्यालय औपचारिक रूपमा स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले कार्यालयको उद्घाटन गर्नुभयो । निर्वाचन आयोगको कार्यतालिका अनुसार सम्पूर्ण प्रव्रिmया अघि बढाइने बताउनुभयो । उहाँले निर्वाचन भयरहित, स्वतन्त्र र निष्पक्ष हुने विश्वास दिलाउँदै त्यसका लागि राजनीतिक दल, सुरक्षा निकाय, सञ्चारकर्मी र सर्वसाधारण सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो । निर्वाचन सुरक्षाको समग्र तयारीबारे जानकारी दिँदै जिल्लास्थित राजनीतिक दलसँग आवश्यक छलफल सम्पन्न भइसकेको उल्लेख गर्नुभयो । उहाँले शान्तिपूर्ण र सुरक्षित निर्वाचन सम्पन्न गराउन प्रशासन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो ।