• २ माघ २०८२, शुक्रबार

प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेटमा कालीगण्डकीको विजयी सुरुवात

blog

तस्बिर खेल खेल्दै कालीगण्डकी र फेदीखोला । अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, माघ २ गते । प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेटमा कालीगण्डकी गाउँपालिकाले विजयी सुरुवात गरेको छ।

पुतलीबजार नगरपालिका –१ मालेबगर खेलमैदानमा खुमा अर्याल फाउण्डेसन स्याङ्जाले आयोजना गरेका प्रतियोगितामा शुक्रबारको उद्‌घाटन खेलमा कालीगण्डकीले रनले फेदीखोलालाई ४९ रनले पराजित गरेको हो । 

टस हारेर ब्याटिङको निम्तो पाएको कालीगण्डकीले निर्धारित ओभरमा पाँच विकेटको क्षतिमा १७५ रन बनाएको थियो । 

३.१ ओभरमा १२ रनमा पहिलो विकेट गुमाएको कालिगण्डकीले दोस्रो विकेटको लागि हिलसन पाण्डे र दर्सा सुनारले १४६ रनको साझेदारी गर्नु भएको थियो । ७३ रनको स्कोरमा दर्सा सुनार ७३ आउट भएसँगै कालीगण्डकीको लगातार विकेट गुमेको थियो । 

अण्डर १९ का राष्ट्रिय खेलाडी दर्साले ४७ बलमा पाँच छक्का र पाँच छक्काको मद्धले उक्त रन बनाउनु भएको हो ।कालिगण्डकीको लागि हिलसनले ६५, भुवन भण्डारीले दुई बलमा नट आउट सात रन बनाउनु भएको थियो ।

 फेदीखोलाको लागि प्रशान्त सुवेदी र सुजन गौतमले दुई दुई लिनु भएको थियो । १७६ रनको लक्ष्य पाएको फेदीखोलाले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १२६ रन मात्र बनाएको हो । 

२० रनमा पहिलो विकेट गुमाएको फेदीखोलाले ४९ मा चौथो विकेट गुमाएको थियो । पाँचौ विकेटको लागि सार्दुल भट्ट र प्रविन पौडेलले ५७ रनको साझेदारी गरेपनि हारलाई टार्न नसकेका हुन् । 

पुतलीबजार नगरपालिका –१ मालेबगर खेलमैदानमा खुमा अर्याल फाउण्डेसन स्याङ्जाले प्रतियोगिता पहिलो चरण ४ गते सम्म र दोस्रो चरणमा माघ ९ गते देखि १४ गते सम्म प्रतियोगिता चल्ने छ ।

 यहाँ आयोजित प्रतियोगितामा जिल्लाकै ११ पालिकाको सहभागिता रहेको छ भने चार समुहमा विभाजन गरिएको छ । समुह ए, बि, सीमा तीन तीन पालिका रहेका छन् भने समुह डिमा दुई पालिका रहेका छन् । 

प्रत्येक समुहको समुह विजेता सेमिफाइनमा प्रवेश गर्ने छन् । सेमिफाइनमा ए र सी तथा बि र डिको विजेता प्रतिस्पर्धा गर्ने छन् । 

स्वास्थ्य, शिक्षा, खेलकुद र रोजगारीमा सहयोग गर्ने लक्ष्य लिएर स्थापना भएको फाउण्डेसनले स्याङ्जालाई क्रिकेट लगायतका खेलको हबका रुपमा विकसित गराउने र जिल्लाको खेलकुदलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको फाउण्डेसनका सचिव धु्रब शर्माले बताउनुभयो ।

प्रतियोगितामा विजेताले दुई लाख सहित कप मेडल र प्रमाणपत्र हात पार्ने छ भने उपविजेताले एक लाख ५० हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । 

यस्तै तृतीयले एक लाख र सान्त्वनाले ५० हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ । प्रतियोगितामा प्लेयर अफ दि म्याचले पाँच हजार र प्रतियोगिताका विधागत बेष्ट प्लेयरले १०÷१० हजार पुरस्कार पाउने फाउन्डेसनले जनाएको छ ।