ओखलढुंगामा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
विद्युत प्राधिकरण हनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको आज करेन्ट लागेर मृत्यु भएको छ ।
आगजनी तथा तोडफोडका कारण क्षतिग्रस्त इलाका प्रहरी कार्यालय दमकको भवन पुनः स्थापित गरिएको छ । पुनः स्थापित गरिएसँगै प्रहरी काममा फर्किएका छन् ।
नवरात्रिको सातौँ दिन आज फूलपातीका दिन दुर्गापीठ, दसैँघर, कोत तथा घर-घरमा फूलपाती भित्र्याइएको छ ।
छ घण्टापछि तुइनखोलाको पहिरो पन्छाएर अवरुद्ध सडक सञ्चालनमा ल्याएको छ । दसैं मनाउन हिडेका यात्रु मुग्लिन–नारायणगढ सडक खण्डको तुइनखोलामा आएको पहिरोले अड्काएको थियो । सोमवार मध्यान्न १२ बजे सुख्खा पहिरो खसेर अवरुद्ध भएको राजमार्ग साँझ ६ बजे खुलाइएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सोमबार ह्वाइट हाउसमा गाजा शान्ति सम्झौता गर्ने उद्देश्यले उच्चस्तरीय वार्ताका लागि स्वागत गर्ने कार्यक्रम तय भएको छ ।
इजरायली वैज्ञानिकले पत्ता लगाएको नयाँ अनुसन्धानले मोटोपना भएका बालबालिकामा भविष्यमा गम्भीर रोग विकास हुने जोखिम शरीरको तौलसँग मात्र नभई कलेजोमा रहेको बोसोको मात्रासँग बढी सम्बन्धित हुने देखाएको छ ।
मिचिगनस्थित मोर्मोन चर्चमा आइतबार भएको सशस्त्र आक्रमणमा कम्तीमा चार जनाको मृत्यु र धेरै जना घाइते भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई ‘राष्ट्रिय हिंसाको महामारी’को दुः खद उदाहरण भन्नुभएको छ ।
चिनियाँ विदेशमन्त्री वाङ यीले उत्तर कोरियाली समकक्षीलाई भेट्दै प्योङयाङसँगको सहकार्यलाई अझ सुदृढ बनाउन र संयुक्त रूपमा ‘आधिपत्यवादको विरोध’ गर्न चाहने स्पष्ट अभिव्यक्ति दिनुभएको छ ।
गुल्मीमा चाडपर्वको समयमा शान्ति सुरक्षा कायम राख्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । जिल्ला प्रहरी कार्यालयले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर प्रहरी परिचालन गरेको हो ।
गुल्मीको तम्घास(सिमलटारी पक्की सडकस्थित छल्दी पनाहमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बुटवलबाट तम्घासहुँदै अर्जेतर्फ जाँदै गरेको लु १ ख ७७७६ नम्बरको बस ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८२’ सम्पन्न गरिएको छ । समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।
शारदा नगरपालिका –१ श्रीनगरस्थित शारदा नदीमा पौडी खेल्ने क्रममा डुबेका एक किशोरको शव फेला परेको छ । शनिबार दिउँसो करिब २ बजेतिर शारदा नदीमा पौडी खेल्ने क्रममा डुवेका शारदा नगरपालिका २ का १८ वर्षिय सुरदर्शन उपाध्याय मृत फेला परेको प्रहरीले जनाएको छ ।
मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलानजिकै सोमवार मध्यान्ह १२ बजे सुख्खा पहिरो खस्दा दशैं मनाउन हिडेका यात्रुहरु अलपत्र परेका छन् ।
लमजुङको राइनास नगरपालिका –४, सातबिसेमा एक युवकको हत्या भएको छ । आफ्नै साथीले हत्या गरेको प्रहरीले जनाएको छ । निर्माणाधीन राइनास नगर अस्पतालका सुरक्षा गार्ड अन्दाजी २२ वर्षीय विशाल दाहालको आफ्नै साथीबाट हत्या भएको हो ।