आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मुस्ताङमा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय औपचारिक रूपमा स्थापना गरिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि शुक्रबार नेपालगन्जमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
रौतहटमा निर्वाचन प्रहरीका लागि छ हजार सात सय ३६ आवेदन परेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको बताउनुभएको छ ।
नेपाल चिकित्सक सङ्घको निर्वाचन स्थगित भएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि तनहुँमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज १६५ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदैछन् ।
नियमित महाधिवेशन पक्षधर नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनमा सहभागी रहने भनिएका ८ सय ८५ हस्ताक्षरकर्ताहरुले विशेष महाधिवेशनबाट बाहिरिएको जानकारीसहितको हस्ताक्षर पार्टी कार्यालयमा बुझाएको बताउनुभएको छ ।
फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा निर्वाचनमा निर्वाचन प्रहरी पदका लागि जिल्लामा सात हजार ४ सय ४४ जनाको आवेदन दर्ता गराएका छन्।
जिल्लामा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीले आवेदन दिएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीको बेनीमा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
गुल्मीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विधि र पद्धतिबाहिर गएर आयोगले निर्णय नगर्ने बताउनुभएको छ ।
सल्यानमा २८औँ भूकम्प सुरक्षा दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइएको छ। जिल्ला प्रशासन कार्यालय सल्यान, शारदा नगरपालिका तथा पूर्वाधार विकास कार्यालयको संयुक्त आयोजनामा दिवस मनाइएको हो ।
माग गरिएभन्दा कम आवेदन परेपछि धनकुटामा निर्वाचन प्रहरीको आवेदन अवधि दुई दिन थप गरिएको छ ।