धनकुटामा भव्यताका साथ फूलपाती बढाइँ गरिएको छ ।
असला माछाको लागि अब्बल मानिने गलकोटमा पछिल्लो समय उत्पादन घट्दैगएको छ । पहिला दैनिक १० केजीसम्म असला बेच्ने अनुभव सुनाउने गलकोटका व्यवसायी अहिले मुश्किलले चार केजी बेच्न सकेको बताउनुहुन्छ ।
वडा दसैँका कारण बीपी राजमार्ग र मदनभण्डारी राजमार्गमा यात्रुको चाप बढेसँगै सिन्धुलीको विभिन्न ठाँउमा सोमबार चार वटा सवारी दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।
ष्ट्रिय कृषक समूह महासंघ नेपालले सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध गराएको छ ।
वरिष्ठ मुटु रोग विशेषज्ञ प्राडा. भगवान कोइरालाले मानिसको नसोची ‘रिएक्ट’ गर्ने बानीले मुटुको स्वास्थ्यमा नकरात्मक असर पार्दैआएको बताउनुभएको छ ।
तनहुँ कारागारमा अझै १४० जना कैदबन्दी फरार सूचीमा रहेका छन् । फरार हुँदा स्थानीय समुदायमा भय र असुरक्षा फैलिएको छ । चोरी, लुटपाट, तथा हिंसाको त्रास रहेको स्थानीयको भनाइ छ ।
धनगढी-खुटिया-बिपीनगर-दिपायल द्रुतमार्ग अन्तर्गत धनगढी-स्याउले सडकखण्डमा दुई पक्की पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
गोरखा दरबारको फुलपाती सोमबार काठमाडौंको हनुमान ढोका पठाइएको छ ।
खराव मौसम र जेन्जी आन्दोलनका कारण बन्द रहेको पोखरा–जोमसोम हवाई उडान पुनः सुचारु हुँदा यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् । वर्षायामको मनसुनसँगै हवाई यात्रुको चाप घट्दै गइरहेको र प्रतिकूल मौसमले रोकिएको उडान सुरू भएको हो ।
बेलायत सरकारले अब स्थायी रूपमा बस्न चाहने आप्रवासीका लागि कडा प्रावधान ल्याउने तयारी गरेको छ ।
दसैंको लागि डडेल्धुराबाट यस वर्ष दुईसय बढी खसीबोका बिक्री गर्न महेन्द्रनगर ल्याइएका छन् । डडेल्धुराको परशुराम नगरपालिका –८ का ११ जना स्थानीयहरूले दुईसय बढी खसीबोका बिक्रीका लागि महेन्द्रनगरमा ल्याएका हुन् ।
विद्युत आपूर्तिमा समस्या भएपछि कैलालीको एक पोल्ट्री फार्ममा १२ हजार कुखुरा मरेका छन् ।
‘एक धड्कन पनि न चुकौं’ (डोन्ट मिस अ विट) भन्ने मूल नारासहित आज बर्दीबासमा विभिन्न चेतनामूलक कार्यक्रमहरू आयोजना गर्दै ‘विश्व मुटुरोग दिवस’ मनाइएको छ ।
छाउपडी प्रथा अन्त्य गर्ने अभियानअन्तर्गत हालसम्म कञ्चनपुरका दुई पालिकामा १५० छाउगोठ भत्काइएका छन् ।
गाजामा युद्ध अन्त्य गर्न तयार गरिएको प्रस्तावित सम्झौतालाई दृढतापूर्वक कायम राख्न इजरायली बन्धकका परिवारले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह गरेका छन् ।