शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, माघ २ गते । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका नेता–कार्यकर्ताहरु निर्वाचन आयोग पुगेका छन् । शुक्रबार बिहान देउवा पक्षका नेता तथा कार्यकर्ताहरु आयोग पुगेका हुन् ।
कांग्रेस केन्द्रीय समितिका पदाधिकारीहरु, जिल्ला सभापतिहरु, भ्रातृसंस्था र शुभेच्छुक संस्थाको टोली निर्वाचन आयोग पुगेका छन् ।
गत पुस २७ देखि माघ १ गतेसम्म चलेको विशेष महाधिवेशनले गगन थापालाई सभापति चुनेको थियो । यससँगै बिहीबार गगन पक्षले आधिकारिकताका लागि निदेशन दिएका थिए ।
सभापति देउवा पक्ष र थापा पक्षले आफू आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । सो निवेदनउपर छानबिन गरिरहेको आयोगले जनाएको छ ।

