• २ माघ २०८२, शुक्रबार

चिकित्सक सङ्घको निर्वाचन स्थगित

blog

काठमाडौँ, माघ २ गते ।नेपाल चिकित्सक सङ्घको निर्वाचन स्थगित भएको छ।

सङ्घले सूचना जारी गर्दै पूर्वनिर्धारित तालिका अनुसार तय गरिएको निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी गराएको छ ।

 पाटन उच्च अदालतबाट जारी भएको अन्तरिम आदेशलाई दृष्टिगत गर्दै पूर्वनिर्धारित तालिका अनुसार तय गरिएको निर्वाचन स्थगित गरिएको प्रमुख निर्वाचन अधिकृत डा. प्रणयरत्न शाक्यले जानकारी दिनुभयो ।

 निर्वाचन समितिबाट यथाशीघ्र अर्को सूचना जारी गरी निर्वाचन कार्यक्रमसम्बन्धी नयाँ तालिका सार्वजनिक गरिने सूचनामा उल्लेख छ ।

सङ्घले उपत्यकाबाहिर माघ २ र ३ गते र उपत्यकामा माघ १५, १६ र १७ गते निर्वाचनको मिति तय गरेको थियो ।