• २ माघ २०८२, शुक्रबार

सप्तरीमा निर्वाचन प्रहरी पदका लागि सात हजार ४ सय ४४ जनाको आवेदन दर्ता

blog

जिल्ला प्रहरी कार्यालय सप्तरीमा निर्वाचन प्रहरीका लागि आवेदन भर्दै सर्वसाधारण । तस्बिर : सुधा देव

सुधा देव

भारदह (सप्तरी), माघ २ गते । फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा निर्वाचनमा निर्वाचन प्रहरी पदका लागि जिल्लामा सात हजार ४ सय ४४ जनाको आवेदन दर्ता गराएका छन्।

नेपाल प्रहरीतर्फ कुल ६ हजार ३ सय २७ जनाले आवेदन दिएकोमा पुरुष पाँच हजार २२ र महिला एक हजार ३ सय ५ जना रहनुभएको छ ।

यसैगरी सशस्त्र प्रहरी तर्फ ९ सय ८३ पुरूष र १ सय ३४ जना महिला गरी एक हजार १ सय १७ जनाले आवेदन दिनुभएको छ । निर्वाचनका लागि नेपाल प्रहरीमा तीन हजार ८ सय ३७ तथा सशस्त्र प्रहरी बल नेपालमा ३ सय ८५ गरि जम्मा चार हजार २ सय २२ जना निर्वाचनलाई लक्षित गरी जिल्लाका लागि निर्वाचन प्रहरी पदका लागि आवेदन माग गरिएको थियोे ।

निर्वाचनका लागि माघ १ सम्ममा उक्त सङ्ख्यामा आवेदन दर्ता गराएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एवं प्रहरी प्रवक्ता डम्बरबहादुर पुरीले बताउनुभयो । नियुक्ति हुने निर्वाचन प्रहरीको पद ४० दिनसम्म रहने भए पनि आवश्यकता अनुसार बढाउन सकिने छ । 

प्रतिदिनको सेवा सुुविधा प्रतिदिन ८ सय ६९ रूपियाँ ४० पैसाका दरले ४० दिनको.३४ हजार ७ सय रूपियाँ पारिश्रमिक दिने जनाएको छ । सेवा सुविधा अन्तर्गत प्रतिदिन ८ सय ६९ रुपियाँ ४० पैसाका दरले ४० दिनको पारिश्रमिक रु. ३४ हजार ७ सय ७६ प्रदान गरिने जनाइएको छ ।