• २ माघ २०८२, शुक्रबार

दोलखामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

blog

निर्वाचन अधिकृतको कार्यालय उद्घाटनपछि पदाधिकारीहरु । तस्बिरः सुजन काफ्ले

सुजन काफ्ले

चरीकोट, पुस २ गते । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि दोलखामा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय औपचारिक रूपमा स्थापना गरिएको छ। कार्यालयको उद्घाटन मुख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले गर्नुभयो । 

उहाँले निर्वाचन भयरहित, स्वतन्त्र र निष्पक्ष हुने विश्वास दिलाउँदै त्यसका लागि राजनीतिक दल, सुरक्षा निकाय, सञ्चारकर्मी र सर्वसाधारण सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो। निर्वाचन सुरक्षाको समग्र तयारीबारे जानकारी दिँदै जिल्लास्थित राजनीतिक दलसँग आवश्यक छलफल सम्पन्न भइसकेको उल्लेख गर्नुभयो। उहाँले शान्तिपूर्ण र सुरक्षित निर्वाचन सम्पन्न गराउन प्रशासन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यालय स्थापना भएसँगै संखुवासभामा निर्वाचनको माहोल बढेको छ। जिल्लाको राजनीतिक दल र मतदाताले पनि निष्पक्ष निर्वाचनको अपेक्षा व्यक्त गरेका छन्। कार्यक्रममा प्रमुख जिल्ला अधिकारीसहित सबै सुरक्षा निकायका प्रमुख नेपाली काङ्ग्रेस दोलखाका सभापति बर्मा लामा, नेकपा (एमाले) अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा प्रतिनिधि भिमबहादुर श्रेष्ठ, राप्रपाका कार्यबाहक अध्यक्ष बिष्णु श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।