नेपालमा बालबालिका तथा युवा अवस्थामै मधुमेह लाग्नेको सङ्ख्या बढदै गएको छ । मधुमेह रोग विशेषज्ञ डा. सन्तोष शाक्यले कम उमेरमै मधुमेह भएर उपचारका लागि बिरामी आउने गरेको बताउनुभयो । अस्वाभाविक खानपानले सुगरको मात्रा धेरै भएर बालबालिका तथा युवामा मोटोपनको समस्या हुने र मधुमेह रोग देखिने गरेको बताउँदै उहाँले आफूकहाँ उपचार गर्न आउने बिरामीमा युवा अवस्थाका समेत रहेको बताउनुभयो । उहाँले मधुमेह रोग वंशाणुगत हुने भन्दै मधुमेह भएका बाबुआमाका छोराछोरीलाई पनि मधुमेह हुन सक्ने बताउनुभयो । बढी तौल भएका मानिसमा सामान्य तौल भएका मानिसभन्दा बढी मधुमेह देखिने गरेको उहाँको भनाइ छ ।
नेपालजस्तो विकासोन्मुख देशमा मस्तिष्क मृत्युपछि गरिने अङ्गदानलाई प्रोत्साहन गरिनुपर्नेमा जोड दिइएको छ । शनिबार र आइतबार सम्पन्न ‘दोस्रो अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन’मा मस्तिष्क मृत्युुपछि हुने अङ्ग प्रत्यारोपणमा पनि जोड दिइएको छ । अङ्ग प्रत्यारोपणसम्बन्धी अनुभव आदानप्रदान गर्न तथा नेपालको अङ्गदान तथा प्रत्यारोपण कार्यलाई अझै प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने बताइएको छ ।
औषधि व्यवस्था विभागले औषधि उत्पादन गर्दै आएका दुुईवटा नेपाली उद्योगको औषधि बिक्री वितरणमा रोक लगाएको छ । विभागले आइतबार सूचना जारी गर्दै लोमस फर्मास्युटिकल्स र बायोजेन रेमिडाइज प्रालिले उत्पादन गरेको औषधि गुणस्तरहीन रहेको भन्दै तत्काल बिक्री वितरणमा रोक लगाएको हो ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि काठमाडौँका सबै मतदान केन्द्र मतदातामैत्री बनाइने भएको छ । मतदाताले सहज रूपमा मतदान गर्न सक्ने गरी जिल्लाका मतदान केन्द्रलाई मतदातामैत्री बनाउन लागिएको जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जनाएको छ । मतदान गर्न आउने अपाङ्गता, अशक्त, ज्येष्ठ नागरिकले सहज रूपमा आवतजावत गर्न सक्ने गरी मतदान केन्द्र निर्माण गर्न लागिएको हो । काठमाडौँमा प्रतिनिधि सभाको १० वटा निर्वाचन क्षेत्र र प्रदेश सभाको २० वटा क्षेत्र रहेका छन् भने ३२० वटा मतदान स्थ
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बलको बाहिनी, गण तथा गुल्म कमाण्डलाई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न प्रतिबद्धताका साथ लाग्न निर्देशन दिनुभएको छ ।
भक्तपुर नगरपालिका–५ स्थित तमारीको पाँचतले मन्दिर अवलोकन गर्दै विदेशी पर्यटक ।
निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न/गराउन सम्बन्धित पक्षलाई पुनः ध्यानाकर्षण गराएको छ।
आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा खटिने मतदान अधिकृत तथा सहायक अधिकृतलाई पाल्पामा अभिमुखीकरण तालिम दिइएको छ । निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।
गैर आवासिय नेपाली संघ (एनआरएनए)को आयोजना तथा कैलाली उद्योग बाणिज्य संघ र डोटी उद्योग बाणिज्य संघको संयुक्त सहकार्यमा डोटीका भूकम्प पिडितलाई राहत सामाग्री वितरण गरिएको छ ।
भारतीय सीमासँग जोडिएको मधेश प्रदेशका जिल्लाको सीमा नाका ७२ घण्टा बन्द (सिल) गरिने भएको छ । सुरक्षित, व्यवस्थित एवम् भयरहित वातावरणमा आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ७२ घण्टा नेपाल–भारत सीमानाका बन्द गरिने निर्णय भएको हो ।
निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले कसैको प्रलोभन, डर, त्रास र अवरोधमा नपरी निर्वाचन सफल बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई निर्देशन दिनुभएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा खटिएका मतदात अधिकृत र सहायक मतदान अधिकृतका लागि बेँसीसहरमा आइतबार आयोजित तालिमको उदघाटन कार्यक्रममा उहाँले सो निर्देशन दिनुभएको हो ।
निर्वाचन आयोगले निर्वाचनको शान्त अवधिदेखि मतगणना कार्य पूरा नभएसम्म मादक पदार्थ बिक्री विवरण तथा सेवन गर्ने काम निषेध गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश निर्माणका लागि सुदृढ राष्ट्रिय शक्ति चाहिएको बताउनुभएको छ । आइतबार बिरेन्द्रनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले देश बनाउन देशभक्ति, राष्ट्रवादी सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको बताउनुभएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रेखा थापाको घरदैलो अभियान सक्रिय हुनुहुन्छ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल आइतबार उपल्लो गोरखाका चुमनुम्ब्री गाउँपालिकाका छेकम्पार, सामागाउँ, सिर्दिबास र माछाखोलाका मतदातासँग भेटघाट गर्नुभएको छ।