कतारमा मङ्सिर ४ गतेदेखि सुरु हुने फिफा विश्वकप फुटबलका लागि इरानले २५ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको छ ।
पाँचौं ताम्राकार फुटसल प्रतियोगिता २०२२ को उपाधि बीके सुनचाँदी पसलले हात पारेको छ । ताम्राकार समाजको युवा तथा खेलकुद उपसमितिको आयोजनामा भएको उक्त प्रतियोगितामा बीके सुनचाँदी पसलले मेडस मार्ट फार्मेसीलार्ई १–० गोलले पराजित गरेको थियो ।
सरोकारवालाहरुले यौनिक तथा अल्पसङ्ख्यक व्यक्तिहरुलाई विवाह गर्ने अधिकारबाट वञ्चित गर्न नहुने बताएका छन् ।
मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गुल्मी गाउँबस्तीमा चुनावी सरगर्मी छ । उम्मेदवार सबै आ–आफ्नो तरिकाले मतदातालाई भेट्न व्यस्त छन् । मतदाताहरूले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, खेलमैदान, विद्युत, पूर्वाधारसँग सम्बन्धित विषयमा मतदाताले उम्मेदवारसँग माग राखेका छन् ।
यूएईविरुद्ध एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा पाहुना टोली यूएईले नेपाललाई जितका लागि दुई सय ६४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा दुई सय ६३ रन बनाएको हो ।
मतदान गर्ने दिन नजिकिएसँगै भक्तपुर निर्वाचन क्षेत्र नं १ का उम्मेदवारहरुले आफ्नो प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।
विद्युत प्राधिकरणबाट सभागृह हुँदै पद्मोदय मोडसम्म हाइटेन्सन लाइन (उच्च भोल्टेज ट्रान्समिसन लाइन) मा अवरोध गर्ने रुखका हाँगा हटाउन थालिएको छ । विद्युत प्राधिकरणको अनुरोधपछि प्राधिकरणसँगै सहकार्य गरेर महानगरको जुद्ध बारुण यन्त्र कार्यालयले हाँगा हटाउन जनशक्ति र उपकरण परिचालन गरेको छ ।
प्रतिनिधसभा र प्रदेशसभा सदस्यकाे निर्वाचनमा मत बदरको सङ्ख्या घटाउने उद्देश्यले पूर्वी नवलपरासीका आठ वटै पालिकाहरुमा नमुना मतदान कार्यक्रम सञ्चालन गरिएको छ । अघिल्ला निर्वाचनहरु भन्दा यसपटक फरक ढङ्गको मतपत्र रहेको हुँदा मतदातालाई मतदान प्रक्रिया सिकाउन नमुना मतदान गरिएको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मोतिपुरमा चलचित्र हलसहितको १४ तले दर्शनटुप्पो निजी क्षेत्रबाट बनाउन थालिएको छ । सो दर्शन टुप्पोको अन्तिम तलाबाट चिया कफी पिउँदै दाङ उपत्यकाको अवलोकन गर्न सकिने बताइएको छ । पाँचौं तलामा १२६ जना सीट क्षमता भएको दुई वटा सिनेमा हल बनाइनेछ ।
इथियोपियाली सरकारले यहाँका विद्रोहीहरुसँग हालै भएको शान्ति सम्झौता कार्यान्वयन हुने जनाएको छ । आइतबार यहाँको सरकारको सूचना तथा सञ्चार विभागले एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको प्रतिबद्धता व्यक्त गरेको हो ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भारतसँग जोडिएको बाँकेको सीमा नाका तीन दिन पुर्ण रुपमा बन्द गरिने भएको छ ।
काठमाडौं, कात्तिक २८ गते । हलो जोतेर भोट माग्दै उम्मेवार थापा : महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार पोषण थापा मतदाताको खेतमा पुगी हलो जोतेर भोट माग्दै । मतदातासँग भेटघाट गर्दै उम्मेदवार : रामपुर नगरपालिका–८ स्थित भुजातमा मतदातासँग भेटघाट गर्दै पाल्पा क्षेत्र नं १ ‘१’ का प्रदेशसभा सदस्यका उम्मेदवार श्यामकान्त खनाल । एमाले अध्यक्ष ओली : नेकपा (एमाले) द्वारा सुर्खेतको वीरेन्द्रनगर–६, घण्टाघरमा आयोजना गरिएको चुनावी सभामा सम्बोधन गर्न वीरेन्द्रनगर आउनुभएका पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली । मन्त्री कार्की – जनगुनासो सुन्दै : सुनसरीको इनरुवा–४ मा चुनावी घरदैलो कार्यक्रममा आइतबार स्थानीयको गुनासो सुन्दै सञ्चार तथा सूचनाप्रविधि एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री तथा सुनसरी–४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की । कोणसभामा उम्मेदवार गुरुङ : स्याङ्जाको गल्याङमा आयोजित घरदैलो तथा कोणसभामा प्रतिबद्धता जनाउनुहुँदै काँग्रेसका केन्द्रीय उपसभापति एवं स्याङ्जा क्षेत्र नं २ का उम्मेदवार धनराज गुरुङ । घरदैलो कार्यक्रम : झापा क्षेत्र नं ५, प्रदेशसभा २ बाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गगन पुरी मतदातासँग मत माग्न घरदैलो जानुहुँदै ।घरदैलोमा पूर्व अर्थमन्त्री पाण्डे : चितवन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे घरदैलोका क्रममा रत्ननगर नगरपालिका–१० का मतदातासँग भोट माग्दै । मतदातासँग मत माग्दै उम्मेदवार थापा : मोरङ क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधिसभाका उम्मेदवार रेखा थापा बेलबारीस्थित वृद्धा मतदातासँग मत माग्दै । तस्बिरः रासस
बेलायतले ७० वर्षपछि नयाँ राजा पाएको छ। रानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएपछि ७३ वर्षीय युवराज चाल्र्स बेलायतको नयाँ राजा बनेका छन्। बेलायतको नौ सय वर्षको राजतन्त्रको इतिहासमा उनी ४०औँ राजा हुन्। उनलाई राजा चाल्र्स तृतीय भनिएको छ। एलिजाबेथको स्कटल्यान्डस्थित बालमोरल दरबारमा भदौ २३ गते निधन भएको थियो। भदौ २५ गते युवराज चाल्र्सलाई औपचारिक रूपमा राजा घोषणा गरियो। असोज ३ गते राजकीय सम्मानका साथ एलिजाबेथको अन्तिम संस्कार सम्पन्न भयो।
लक्ष्मीप्रसाद देवकोटासँग मेरो अजिबको सम्बन्ध छ । काव्यभन्दा पहिले मैले महाकविको गद्य पढेँ । म उनको लेखन शिल्पीले मोहित भएँ । उनको भाषाले अहिलेसम्म तानिरहेको छ । त्यो विशिष्ट प्रकारको साङ्गीतिकतालाई म ‘कवितात्मक गद्यकारिता’ भन्न रुचाउँछु । त्यही कवितात्मक गद्यकारिता मैले पछि शङ्कर लामिछाने, मञ्जुल, राममणि रिसाल, डा. दुर्गा भण्डारी र शारदा शर्माका निबन्धमा पाएँ ।
म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन तथा निर्माणको क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रणालीमा आबद्ध गराउन सबस्टेशन र प्रसारण लाइन निर्माण सुरु भएको छ ।