बाजुराको खप्तड छेडेदह र बूढीगङ्गा नगरपालिकाका अधिकांश स्थानीय भूकम्पको डरमा घर छोडेर त्रिपालमुनिको बास बस्दै आएका छन् ।
सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल यतिबेला मतदाता भेटघाटमा व्यस्त हुनुहुन्छ। नेता भुसालले मतदाताको घरमा पुगेर सर्वसाधारणलाई आफ्नो एजेन्डा र चुनाव चिह्न त्रिभुजको विषयमा जानकारी गराइरहनुभएको छ।
अमेरिकी सिनेटमा डेमोक्र्याटिक पार्टीले झिनो बहुमत प्राप्त गरेको छ । योसँगै उक्त दलले आगामी दुई वर्षसम्म सिनेटमा नियन्त्रण कायम गर्नेछ ।
आइसिसी टी–२० विश्वकप क्रिकेटको उपाधि इङ्गल्यान्डले जितेको छ । अष्ट्रेलिया स्थित मेलबर्न क्रिकेट मैदानमा आइतबार भएको फाइनल खेलमा इङ्गल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हरायो ।
गएको मंगलबार रातीदेखि खप्तड राष्ट्रिय निकुञ्जको आसपास क्षेत्रलाई केन्द्र बिन्दु बनाएर ५ दिनको अवधिमा साना ठूला गरी ५०३ वटा पराकम्पहरू गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
निर्वाचन सुरक्षा बुझ्न मुख्यसचिव शंकरदास वैरागीसहितको सचिवस्तरको टोली कर्णाली आइपुगेको छ । निर्वाचन अनुगमन तथा सुरक्षा व्यवस्थाको अवस्था बुझ्न उहाँहरूको टोली कर्णाली आएको हो ।
काठमाडौं, कात्तिक २७ गते । फिल्म 'सरी मम'को शीर्ष गीत सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो ।प्रज्वल श्रेष्ठको स्वर रहेको गीतमा प्रज्वल श्रेष्ठ र नवीन बोगटीले शब्दसंगीत भर्नुभएको छ । एनएफआई क्रियशनको ब्यानरमा बनेको यस फिल्मका निर्माता सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ हुनुहुन्छ । यस्तै, नवीन बोगटीको निर्देशन रहेको फिल्ममा सरोज खनाल, सरिता लामिछाने, प्रभात पल ठकुरी, प्रविल कडेल, एलिस राई, युनिसा बजगाईँ, आरबी कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाईँ, रेजिना मगर, सरोज बखुरेन, लालमणि भण्डारीलगायत कलाकारको अभिनय छ ।फिल्ममा दीर्घ गुरुङको छायाङ्कन र प्रितम पाण्डेको सम्पादन रहेको छ । फिल्म आगामी मङ्सिर १५ मा प्रदर्शन हुनेछ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रचारप्रसारमा हेलिकोप्टरको प्रयोगको विषयलाई लिएर गृह मन्त्रालय संवेदनशील बन्नुपर्ने बताउनुभएको छ ।
ओखलढुङ्गामा सत्ता गठबन्धन र प्रतिपक्षी दल नेकपा (एमाले) लगायतका दलहरूले चुनावी अभियानलाई तीव्रता दिएका छन् । दलहरूलाई चुनावी चटारोसँगै अन्य दलका कार्यकर्ता आफ्नो दलमा भित्र्याउने होडबाजी देखिएको छ ।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले ठूलो तामझामका साथ मोरङको सुन्दरहरैचा–११ कर्जुनामा शिलान्यास गर्नुभएको प्रदेश नं. १ स्तरीय प्रादेशिक सरुवा रोग अस्पतालको अलपत्र परेको छ ।
बैतडीमा भूकम्प आएको बेला भागेर घर बाहिर निस्किँदा लडेर एकजनाको मृत्यु भएको छ ।
साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । आइतबार नेप्से परिसूचक १०.५४ अङ्क घटेर १८८३.१६ बिन्दुमा झरेको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले संविधानको रक्षा र मुलुकको विकासका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनु पर्ने धारणा राख्नु भएको छ।
निर्वाचन आयोगका आयुक्तहरूले गृह र रक्षा मन्त्रालयले संवेदनशील र अतिसंवेदनशील ठाउँहरू पहिचान गर्नुपर्ने बताउनुभएको छ ।
वीरेन्द्रनगर १४ का १९ वर्षीय यामलाल पौडेलले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पहिलो पटक मतदान गर्दै हुनुहुन्छ । सुर्खेत क्षेत्र नं २ प्रदेश सभा (ख) को उहाँ मतदाता हुनुहुन्छ । निर्वाचनले आफूलाई उत्साहित बनाए पनि युवालाई रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभयो ।