• १२ असोज २०८१, शनिबार

सुकुम्वासी बस्ती पहिरोको उच्च जोखिममा

blog

पहिरो गएको बस्ती ।

बिन्दु थापा 

पाल्पा, असोज १२ गते । पाल्पाको तानसेन नगरपालिका–५ कैलाशनगरस्थित देउरालीनजिक सुकुम्वासी वस्तिमा पहिरो गएको छ । बिहीबारदेखि परेको निरन्तर अविरल वर्षाका कारण यहाँ पहिरो गएको हो । 

बस्तीको तल्लो भाग सडक छेउबाट झरेको पहिरोले यहाँका एक दर्जन घरहरू जोखिममा परेका छन् । जोखिम न्युनीकरणका लागि वडा कार्यालयको पहलमा प्लाष्टिक र त्रिपाल लगाइएको छ । घर जोखिममा रहेका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको वडा कार्यालयले जनाएको छ । 

अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो जानुको साथै सडक अवरुद्ध भएका छन् । मुख्य सडकमा झरेको पहिरोका कारण तानसेन–रिडी सडक खण्डको वनदेवीजनिकैको सडक समेत शनिबार केही समयका लागि बन्द भएको थियो । वर्षाका कारण अन्य ठाउँमा भएका क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।