काठमाडौं, कात्तिक २८ गते । 'किरात राई यायोक्खा' (किराया) बेलायतले आयोजना गरेको नेपालका चर्चित गायक ‘राई इज किङ’ राजेशपायल राई एकल साङ्गीतिक साँझ सम्पन्न भएको छ । कार्यक्रमको मुख्य आकर्षणको केन्द्र ‘राई इज किङ’नै थिए । बेलायतका विभिन्न सहरबाट ओइरिएका दर्शक राजेशपायलको प्रतीक्षामा थिए । नेपालका लोकप्रिय गायक राजेशपायलले लाइभ ब्याण्डकासाथ ननस्टप गाएर दर्शक नचाए । आफ्ना लोकप्रिय गीत दर्शन नमस्ते, ‘दिक्तेल बजार,मैले मायाले दिएको मायाको चिनो, 'म त मर्छु कि क्या हो' लगायत दर्जनौँ गीत गाउनुभएको हो । गायक राईलाई बेलायतका वाद्यवादकहरु लिड गिटारमा सुरज गुरुङ, बेसमा होइसर तामाङ, किबोर्डमा थिर थापा, तबलामा महेश गुरुङ, बाँसुरीमा इन्द्र गुरुङ, ढोलकमा रेशम पाचे, ड्रममा प्रभास गुरुङ र रिदममा विकल थापाले सघाएका थिए । कार्यक्रममा प्रस्तुति दिइरहँदा गायक राईले प्रवासमा रहेपनि आफ्नो नेपाली कला, संस्कृति, गीत सङ्गीत नभुल्न सुझाव दिए।आफ्ना पिता रत्न राई र आमा साक्षी राखेर गीत गाइरहँदा उहाँले नेपाली समुदाय विभाजित नहुन पनि आग्रह गर्नुभयो । कार्यक्रममा बेलायतमा रहेका विभिन्न सङ्घ संस्था तथा नेपाली समाजका प्रतिष्ठित व्यक्तिहरूसमेतको उपस्थिति रहेको थियो ।बेलायतबाट पत्रकार केजीन राईको सहयोगमा
शहरका मुख्य सडकमा रहेको अव्यवस्थित तारहरु व्यवस्थापनको काम सुरु भएको छ । काठमाडौंको अनामनगर र सिंहदरवार क्षेत्रमा रहेका अव्यस्थित तार व्यस्थापनको काम सुरु भएको हो ।
प्रतिनिधिसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा गोरखा जिल्लाको दुई वटा क्षेत्रमा २२ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।
काठमाडौं, कात्तिक २८ गते । अभिनेता प्रदीप खड्काले भारतको 'ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल'मा 'डेब्यु अभिनेता'को अवार्ड जित्नुभएको छ । अभिनेता खड्काले फेस्टिभलमा ‘प्रेमगीत ३’को हिन्दी संस्करणतर्फको फिचर फिल्मतर्फ 'डेब्यु अभिनेता'को अवार्ड जित्नुभएको हो ।अवार्डका लागि अभिनेता प्रदीप र 'प्रेमगीत-३' का निर्माता अहिले भारतको आगरामा छन् । 'प्रेमगीत-३' भारत लगायत अन्य देशमा पनि प्रदर्शन भएको थियो ।
नेपालगञ्ज भन्सार कार्यालयमा दुई दिनदेखि भन्सारको काम हुन नसक्दा भारतबाट आएका सयौं मालबाहक गाडी भन्सार कार्यालय यार्डमा थन्किएका छन् ।
इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र एस्टन भिल्लाले सफलता हात पारेका छन् । आइतबार राति भएको खेलमा युनाइटेडले फुलहामलाई २–१ गोलले हरायो । अकोृ खेलमा एस्टन भिल्लाले ब्राइटनलाई २–१ गोलले नै स्तब्ध बनायो ।
मङ्सिर ४ गते हुने निर्वाचनका लागि तेह्रथुममा विभिन्न दलका उम्मेद्वारहरु चुनावी माहौल बनाउन मतदाताको घरदैलोमा रहनुभएको छ । तर मतदाताहरुलाई भने धान भित्र्याउने चटारो छ । अधिकांश मतदाताहरु खेतमा व्यस्त छन् ।
निर्वाचनमा भोट माग्न उम्मेदवारहरू गाउँगाउँमा पुग्न थालेको बेला बाजुराका अधिकांश युवा रोजगारीका लागि दिनानुदिन भारतमा जान थालेका छन् ।
ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने भएको छ ।
फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले अक्सरे एफसीमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा पीएसजीले अक्जिर एफसीलाई ५–० गोलले हरायो ।
सुनसरीमा निर्वाचन प्रचारप्रसार र सभाको चरण सुरु भएपछि दल र स्वतन्त्रका उम्मेदवारले सार्वजनिक स्थानमा राखिएका तोरण, ब्यानर, झण्डा निर्वाचन आचारसंहिता अनुगमन समितिले हटाएको छ ।
वाम लोकतान्त्रिक गठबन्धन स्याङ्जाले मङ्सिर ४ गते हुन लागिरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सामूहिक प्रतिबद्धता जनाएका छन् ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिएसँगै राजनीतिक दलका उम्मेदवारले आफ्ना प्रतिबद्धतापत्र सार्वजनिक गर्दै घरदैलो गरिरहनुभएको छ । उम्मेदवारहरुले आफ्नो चुनावी प्रतिबद्धतामा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, उद्योग स्थापना, रोजगारलगायतका विषयलाई प्राथमिकता दिएका छन् ।
निर्वाचन आयोगले मङ्सिर ४ काे प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनबारे नेपालस्थित कूटनीतिक नियोगहरुलाई जानकारी गराएको छ ।
नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने पाँच जनालाई कारबाही गरेको छ ।