• १२ असोज २०८१, शनिबार

मतदाताका माग पूरा गर्ने प्रतिबद्धता

blog

मतादाताका माग टिपोट गर्दै उम्मेदवार। तस्बिर – रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 

गुल्मी, कात्तिक २८ गते । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गुल्मी गाउँबस्तीमा चुनावी सरगर्मी छ । उम्मेदवार सबै आ–आफ्नो तरिकाले मतदातालाई भेट्न व्यस्त छन् ।

मतदाताहरूले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, खेलमैदान, विद्युत्, पूर्वाधारसँग सम्बन्धित विषयमा मतदाताले उम्मेदवारसँग माग राखेका छन् ।

उम्मेदवारले जनताको मत आफ्नो पोल्टामा पार्न आफ्ना चुनावी एजेन्डा लिएर जनताका घरमा पुग्ने र विभिन्न सभा तथा भेलाहरुमा सहभागी भएका छन् ।

यस जिल्लाको छत्रकोट गाउँपालिकाका मतदाताहरुले यहाँको आवश्यकता र माग उम्मेदवारसँग राखेका छन् । त्यस स्थानमा पुग्नुभएका नेपाली कांग्रेसबाट गुल्मी –१ मा सत्ता गठबन्धनका साझा उम्मेदवार डा. चन्द्र भण्डारी र प्रदेश सभा निर्वाचन क्षेत्र –२ (ख) मा सत्ता गठबन्धनकै साझा उम्मेदवार धनेन्द्र कार्कीलाई मतदाताले आफ्ना मागहरुको ८ बुँदाकाे सूची बनाएर हस्तान्तरण गरेका थिए ।

मागपत्र हस्तान्तरण कार्यक्रमपछि उम्मेदवार भण्डारी र कार्कीले मतदाताले राखेका मागको सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयाे । जिल्लालाई विकास निर्माणमा नमुना बनाउने र नागरिकलाई विकाससँग जोड्ने उहाँहरूले उल्लेख गर्नुभयो ।