पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–९, सुनाकाँडामा अवैध रूपमा राष्ट्रिय वन क्षेत्र ओगटेर बनाइएका ४९ घरटहरा हटाइएको छ। डिभिजन वन कार्यालय भेरी, इलाका प्रहरी कार्यालय बाबियाचौर र सशस्त्र प्रहरी वन बेसक्याम्प गुटुको संयुक्त टोलीले शुक्रबार ती अवैध घरटहराहरू हटाएको हो। डिभिजन वन कार्यालय भेरीका डिभिजनल वन अधिकृत वसन्तबाबु श्रेष्ठले राष्ट्रिय वन क्षेत्र ओगटेर अवैध घरटहरा बनाइएको भन्ने सूचनाको आधारमा टोलीले गएर हटाएको बताउनुभयो। समथर र सुन्दर स्थान भएकाले त्यहीँ वरपरका बासिन्दाले नै उक्त क्षेत्रमा घरटहरा बनाएको उहाँको भनाइ छ। घरटहरा हटाउँदा बनाउनेहरू त्यहाँ कोही पनि नभएको उहाँले बताउनुभयो।
समय सीमाभन्दा आठ महिना ढिला गरेर एक घर एक धारा खानेपानी योजना पूरा हुन थालेको छ। अमरगढी नगरपालिका–७, पोखरा क्षेत्रमा गत असारमा काम पूरा गर्ने गरेर काम सुरु गरिएको योजना हाल पूरा हुन लागेको हो। २०७८ साल असार २० गते काम पूरा गर्ने गरी २०७६ मङ्सिर १३ गते योजनाको सम्झौता भएको थियो। उपभोक्ताले असार मसान्तअघि नै घरघरमा धारा जोडे पनि पानी आएको छैन। बोकेरै ल्याएको पानी खानु परेको छ।
तुलसीपुर उपमहानगरपालिका–१२ मा रहेको मेट्रो कलेजका विद्यार्थीले मकै छोडाउने मेसिन बनाएका छन्। कलेजमा इलेक्ट्रोनिक्स विषय पढ्दै आएका विद्यार्थीले बनाएको मेसिन सुनाखरी सिकाइ मेलामा अवलोकनका लागि राखिएको थियो। मेसिन बनाउनका लागि संयोजन गर्दै आउनुभएका शिक्षक सञ्जय अधिकारीले करिब २० हजारको लागतमा मेसिन तयार पारिएको बताउनुभयो। शिक्षक अधिकारीका अनुसार उक्त मेसिनले एक घण्टामा ५० केजी मकै छोडाउन सक्छ। मेसिनमा दुई ‘हर्स पावर’को मोटर जडान गरिएको छ। क्याम्पसका प्राचार्य वसन्त आचार्यले क्याम्पसका कृषि वन विज्ञानका विषयका साथै इलेक्ट्रोनिक्स विषयसमेत अध्यापन हुने भएकाले अभ्यास शिक्षणका साथै प्रत्येक किसानको घरसम्म पु¥याउने उद्देश्यले तयार पारिएको बताउनुभयो। उहाँले तुलसीपुर उपमहानगरपालिकाले नै सञ्चालन गरेको कलेज भएकाले पालिकासँगको समन्वयमा मेसिन तयार पारिने बताउनुभयो।
नयाँ भेरियन्टसहित फेरि कोरोना सङ्क्रमण फैलिन थालेको र भारतबाट आउनेहरूमा सङ्क्रमण देखिन थालेपछि यहाँस्थित नेपाल–भारत नाका जमुनाहमा कडाइ सुरु गरिएको छ। गत तीन महिनादेखि बाँकेमा कुनै पनि सङ्क्रमित नभेटिएपछि नाकामा परीक्षणलगायत अन्य सोधपुछ र निगरानीमा त्यति वास्ता नगरिएकोमा अहिले कडाइ सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
दाङमा सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको छ। जिल्लाका करिब ४२३ विद्यालयमध्ये ४३ भन्दा बढी विद्यालयले अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउँदै आएका छन्। अङ्ग्रेजी माध्यमबाट पठनपाठनका लागि विद्यार्थी निजी विद्यालयतिर जान थालेपछि पछिल्ला वर्षमा धेरै विद्यालयले विद्यार्थी तथा अभिभावकको रोजाइलाई ध्यानमा राखेर सामुदायिक विद्यालयहरूमा अङ्ग्रेजीमा पठनपाठन गराउन थालेका हुन्। विशेष गरी सहरी क्षेत्रका विद्यालयले अङ्ग्रेजी माध्यमबाट पठनपाठनलाई तीव्रता दिएका छन्।
गल्याङ नगरपालिकाले गाउँ–गाउँमा एकीकृत घुम्ती शिविर सुरु गरेको छ । ससानो कामका लागि पालिकाको कार्यालयमा नै पुग्नुपर्ने बाध्यतामा रहेका नागरिकको सुविधाका लागि एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको नगरप्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिनुभयो । नगरप्रमुख भट्टराईले भन्नुभयो, “दूरदराजका जनताको दैनिकीलाई सहज तथा नगरपालिकाले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउन घुम्ती शिविर सुरु गरेका हौँ ।” उपचारका लागि गल्याङ नगर सदरमुकामसम्म पुग्न नसक्ने र आर्थिक अभावका कारण स्वास्थ्यको पहुँचसम्म पुग्न नसक्नेका लागि गाउँ–गाउँमा पुगेर शिविर सञ्चालन गरिएको हो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेलले बुद्धसिंह मार्गको निर्माण कार्यमा तीव्रता दिन दबाब दिनुभएको छ । वरिष्ठ नेता पौडेलले विनियोजित बजेटअनुसार निर्माण कार्य तत्काल पूरा गर्न सम्बन्धित पक्षलाई निर्देशन दिनुभएको हो । उहाँसँगै गण्डकी प्रदेश सभा सदस्य जितप्रकाश आले, गण्डकी प्रदेशका निवर्तमानमन्त्री डोबाटे विश्वकर्मा, जिल्ला समन्वय समिति प्रमुख शान्तिरमण वाग्ले, पूर्वाधार विकास कार्यालय तनहुँका सिनियर डिभिजन इन्जिनियर दिनेशकुमार घिमिरेलगायत सहभागी हुनुहुन्थ्यो ।
सर्लाहीको चुरे भेगस्थित अत्यन्त दुर्गम क्षेत्रमा पर्ने लालबन्दी नगरपालिका–१४, नारायण खोलाअन्तर्गत डाइनी खोलामा बिजुली बत्ती पुगेको छ। बिजुली बत्ती पुगेपछि दुर्गम गाउँ डाइनी खोलाको बस्ती झलमल्ल भएको छ। नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रले निरन्तरको प्रयासपछि जिल्लाकै अत्यन्त विकट क्षेत्र डाइनी खोलामा बिजुली बत्ती पु-याएको हो। वर्षौंको प्रतीक्षापछि गाउँमा बिजुली बत्ती बल्न थालेपछि स्थानीय बासिन्दा खुसी भएका छन्। स्थानीयले अहिले धमाधम मिटर राखेर बत्ती बाल्न थालेका छन्। वडाध्यक्ष छेनामसिंह घिसिङले सहायक पोल नहुँदा अझै धेरै घरमा बिजुली पुग्न बाँकी रहेको र त्यसका लागि वडाबाट निवेदन लेखेरै प्राधिकरणसँग चार सयवटा पोल माग गरिएको जानकारी दिनुभयो।
कुनै प्रावधान तत्काल आरम्भ गर्दा कतिपय व्यावहारिक समस्यासमेत आउने गर्छ । नीतिगत र कानुनी व्यवस्थासमेत सबै कुरा विचार गरेर कार्यान्वयन गर्दा त्यो प्रभावकारी हुन सक्छ । मोबाइलको एउटा व्यवस्थामा यस्तै व्यावहारिक पक्ष हेरिएको छ । यही पुस १५ गतेदेखि लागू हुने गरी व्यवस्था गरिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) तत्काल कार्यान्वयनमा नल्याइने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनसँगै तत्कालका निम्ति यो व्यवस्था कार्यान्वयनमा नआउने भएको हो । कतिपय व्यावहारिक पक्षमा आउने समस्यालाई सम्बोधन गरेर नै प्रधानमन्त्रीले यस्तो निर्देशन दिएको हुनसक्छ ।
अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा नेपालमा नयाँ सरकार गठन भएको छ । पाँच वर्षमा भएको प्रतिनिधि सभा र प्रदेश सभाको आवधिक निर्वाचनको परिणामसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ सरकार गठन भएको हो । विगतको गठबन्धनलाई विश्राम दिँदै नयाँ वर्षको पूर्वसन्ध्यामा नयाँ गठबन्धन र नयाँ सरकारको सुरुवात यो एउटा शुभसङ्केत पनि हो । सरकार बन्नु मात्र उपलब्धि होइन, सरकारले प्रभावकारी काम गरेर जनतालाई सरकार भएको अनुभूति दिलाउन सक्नु नै सबैभन्दा ठूलो उपलब्धि हो । वर्तमान सरकारले जनताले अनुभूति गर्ने खालका काम प्राथमिकताका साथ गर्न सके यो सरकार विगतका सरकारभन्दा अवश्य पनि पृथक् हुनेछ । त्यो पृथक् पन देखाउन सक्नुमा नै सरकारको सफलता हुन सक्छ ।
झापामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् गम्भीर घाइते बनेका छन् । शिवसताक्षी नगरपालिका ११ स्थित बच्चाबगरमा आइतबार बिहान साढे २ बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ६१ बर्षीया कृष्णमाया भण्डारीको मृत्यु भएको हो ।
बालबालिका लगानीका आधार हुन् । भावी समाज सभ्य, सुसंस्कृत एवं जिम्मेवार बनाउन अहिले नै सम्पूर्ण बालबालिकाको चौतर्फी विकासमा जोड दिनुपर्छ । तीनै तहका सरकारले भौतिक विकासमा बढी जोड दिँदै पूर्वाधार विकास अर्थात् आँखाले देख्न सकिने संरचनाको विकास निर्माण गर्दै आएका छन् । त्योभन्दा बढी संवेदनशील र महìवपूर्ण क्षेत्र सामाजिक विकासमा लगानी गर्नुपर्ने देखिन्छ । जबसम्म मानवीय विकासको गति बढ्दैन, तबसम्म भौतिक संरचनाको विकासले दिने प्रतिफल गुणस्तरीय हुन सक्दैन । यसर्थ सबै सरकार र सरोकारवाला पक्षको साझा बुझाइ निर्माण गर्दै भावी पुस्ताको विकासमा एकसाथ लाग्नुपर्ने हुन्छ ।
लामो समयको अनिश्चितता चिर्दै आमनिर्वाचनबाट प्राप्त जनादेशको जगमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा चामत्कारिक ढङ्गले सातदलीय गठबन्धन सरकार गठन भएको छ । खासगरी यसअघि रहेको नेपाली कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धनकै सरकार निर्वाचनको परिणामपछि पनि कायम रहने चर्चा चल्दै आएको थियो ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्री बन्नुभएको छ । यस पटक उहाँले दौरासुरुवाल लगाएरै शपथ गर्नुभएकाले केही नयाँ काम गरेर देखाउन चाहेको स्पष्ट हुन्छ । सरकार निर्माणलगत्तै चीन, भारत र अमेरिकी दूतावासले प्रधानमन्त्रीलाई बधाई दिँदै आफूहरू मिलेर काम गर्न तयार रहेको सन्देश दिएका छन् । प्रधानमन्त्री नियुक्त भएको केही घण्टामा भारतको एबीपी न्युजसँग अन्तर्वार्ता दिँदै प्रचण्डले भारतसँगको सम्बन्ध अझै मतबुत हुने बताउनुभयो । आफू प्रो–इन्डिया या प्रो–चाइनाभन्दा पनि प्रो–नेपाली हुन रुचाउने उहाँको धारणा थियो । सीमालगायतका समस्या वार्ताबाट नै समाधान गर्नुका साथै पहिला जुन राष्ट्रबाट निमन्त्रणा आउँछ, त्यहीँको औपचारिक भ्रमण हुने भन्दै आफूले सुरुमा भारतकै भ्रमण गर्न सक्नेतर्फ प्रचण्डले इङ्गित गर्नुभएको थियो ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिका दूरगामी यात्रालाई पुनः अगाडि बढाउने विश्वास व्यक्त गर्नुभएको छ ।