सुदूरपश्चिम प्रदेशमा नियमित सञ्चालनमा रहेको एकमात्र धनगढी विमानस्थलमा आइतबार हवाई उडान प्रभावित भएको छ । बाक्लो हुस्सुका कारण हवाई उडान प्रभावित भएको हो ।
गण्डकी प्रदेश मातहत जिल्लामा २६ हजार ८८ घरमा खानेपानीका धारा जडान गरिएको छ । ‘एक घर एक धारा’ कार्यक्रम सञ्चालनमा आएपछि जिल्लामा २६ हजार ८८ वटा धारा निर्माण भएका हुन् ।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा जिल्लामै पहिलो पटक ‘कपडा बैङ्क’ अभियानको थालनी भएको छ । जमरकट्टेल सेवा प्रतिष्ठान नेपाल नेचासल्यान ३ ले सुरु गरेको अभियानको पहिलो दिन २५० जनाले कपडा लिएको प्रतिष्ठानका महासचिव देवेन्द्र जमरकट्टेलले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रमुखमा प्रहरी उपरीक्षक (एसपी) को जिम्मेवारीमा योगेन्द्रसिंह थापा आउनुभएको छ । यसअघि सुर्खेत प्रहरी प्रमुख रहेका एसपी पदम विष्टको सरुवा भएपछि राजमार्ग सुरक्षा कार्यालय रुपन्देहीमा कार्यरत थापा प्रहरी प्रमुख बनेर सुर्खेत आउनुभएको हो ।
चर्च ब्वाइज क्लब पोखरामा जारी २२औं आहा–रारा गोल्ड कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आइतबार भएको खेलमा चर्च ब्वाइनले मच्छिन्द्र फुटबल क्लबलाई ३–१ गोलले हरायो ।
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाका सुत्केरी महिलालाई राहत मिलेको छ। गाउँपालिकाले सञ्चालन गरेको ‘सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’ ले सुत्केरी महिलालाई राहत मिलेको हो।
लुम्बिनी प्रदेश सभाका सदस्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
सत्ता साझेदार दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले खेलकुद क्षेत्रलाई सरकारले प्रभावकारी रूपमा हेर्नुपर्ने बताउनुभएको छ।
लुम्बिनी अल स्टार नेपाल टी–२० क्रिकेट लिगको प्लेअफमा प्रवेश गरेको छ । वित्रि मैदान कीर्तिपुरमा आइतबार भएको खेलमा लुम्बिनीले विराटनगर सुपर किंग्सलाई १२ रनले हरायो ।
नेपाल स्रष्टा समाजले आफ्नो १६ औँ स्थापना दिवसको अवसरमा आइतबार बहुभाषिक कविगोष्ठी सम्पन्न गरेको छ । कवि गोष्ठीमा करिब २५ जना कविहरूले विभिन्न भाषाका कविता वाचन गरेका थिए ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार दोहोरो अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव २६ अङ्कले उकालो लागेर दुई हजार ४६ दशमलव २९ मा पुगेको छ।
पूर्वी एसियाली देशहरूलाई जोड्ने एसियाली राजमार्ग अन्तर्गत मेचीनगर काँकडभिट्टामा छलेनको मितेरी पुल आइतबार उद्घाटन गरिएको छ ।
बागलुङको गलकोट नगरपालिका –३ स्थित ऐतिहासिक तथा धार्मिक स्थल गोलकोटमा आकर्षक पदमार्ग निर्माण गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय, सुशासन र समृद्धिलाई मूलमन्त्र बनाएर जनताको निम्ति समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।
झापाको कनकाई–८ निवासी महिला फुटबलकी यू–१५ साफ च्याम्पियन खेलाडी सिम्रन राईलाई आफ्नो गृह नगर कनकाईमा नगद सहित सम्मान गरिएको छ ।