• २० असोज २०८१, आइतबार

चर्च ब्वाइज सेमिफाइनलमा

blog

सेमिफाइनलमा पुग्न सफल चर्च ब्वाइज टोली ।

काठमाडौं, पुस १७ गते । चर्च ब्वाइज क्लब पोखरामा जारी २२औं आहा–रारा गोल्ड कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आइतबार भएको खेलमा चर्च ब्वाइनले मच्छिन्द्र फुटबल क्लबलाई ३–१ गोलले हरायो ।

चर्च ब्वाइजको जितमा आशिष चापागाईले दुई गोल गर्नुभयो । अर्को गोल आशिष चौधरीले थप्नुभयो । मच्छिन्द्रका सौरभ सुब्बाले सान्त्वना गोल फर्कानुभयो । सहारा क्लबद्वारा आयोजित प्रतियोगितामा १० टोलीको सहभागिता छ ।

प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपियाँ पुरस्कार पाउनेछन् । विधागततर्फ उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही २५ हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।