अल्का अस्पतालले आज (सोमबार) बाट राष्ट्रिय स्तरको पाँचदिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको छ ।
प्रतिनिधिसभा सदस्य उर्मिला माझी (पौडेल)ले विकास निर्माणका काम समयमा सम्पन्न गरी जनतालाई प्रभावकारी सेवा दिन सक्रिय पहल गर्नुभएकाे छ। निर्वाचनमा विजय घाेषित भएपछि जिल्ला आउनुभएकी नेकपा माओवादी केन्द्रकी सांसद माझीले प्रमुख जिल्ला अधिकारी र पूर्वाधार प्रमुखलगायतसँग छलफल गर्दै विकासका कामहरू तोकिएको समयमा नसक्दा जनताले असुविधा भोग्न बाध्य हुनुका साथै जिल्लाको परिचय पनि बिग्रने बताउनुभयाे ।
बाक्लो हुस्सु र शीतलहरका कारण धनुषालगायत तराई मधेशको जनजीवन कष्टकर बनेको छ । आज (सोमबार) बिहानैदेखि यहाँ बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सु र शीतलहरसँगै चलेको चिसो हावाका कारण सर्वसाधारण अत्यधिक चिसो महसुस गरिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले कोलम्बियामा भएको युद्धविराम सम्झौताको स्वागत गर्नुभएको छ । उहाँले आइतबार सो सम्झौताको स्वागत गर्नुभएको संयुक्त राष्ट्र संघले जानकारी दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गर्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालय, भक्तपुरले अपाङ्गता भएकी एक नागरिकलाई घरमै पुगेर नागरिकताकाे प्रमाण पत्र प्रदान गरेको छ । मध्यपुर थिमी नगरपालिका वडा नम्बर ४ की सुप्रिना श्रेष्ठले घरमै आइपुग्नु भएकी कार्यालय प्रमुख रुद्रादेवी शर्माको हातबाट नागरिकता पाउनुभयाे । शर्मा आफैँ नागरिकता प्रमाण पत्र लिएर उहाँको निवास पुग्नुभएको थियो ।
प्युठानको झिमरुक गाउँपालिका–६ तोरबाङका एक सय बढी परिवार वर्षौदेखि एउटै कुवाको पानीको भरमा गुजारा गर्दै गर्न बाध्य छन् ।
कुनै एक गाउँमा एक धनी ब्राह्मण परिवार थियो । धनले सम्पन्न त्यस परिवारमा कृपा नामक एक ब्राह्मणी बस्थिन् । उनी निकै सुन्दर भएकाले उनलाई आफ्नो रूप र धनको निकै घमण्ड थियो । उनको नाम मात्र कृपा थियो, दया र माया भने उनमा अलि कति पनि थिएन । धनी परिवारकी भएकाले कृपा केही काम गर्दिनथिन् । दिनभरि गाउँ डुलेर बेलुका घर फर्किन्थिन् । उनको घरमा आमा र भाइ मात्र थिए । धनले पुलपुलिएकी कृपालाई कुनै कुराको मतलब पनि थिएन ।
भाइबहिनीहरू तिमीहरूलाई नि थाहा नै छ । विद्यालय बालबालिकाको सिक्ने ठाउँ हो । बालबालिकाको सर्वाङ्गीण विकासका लागि विद्यालय शिक्षाको धेरै महत्त्व छ । हाम्रो घर वरपरको वातावरणजस्तै विद्यालयको वातावरण पनि बालमैत्री हुनुपर्छ । बढ्दो उमेरका बालबालिकामा सिकाइसँगै वरपरको वातावरण कस्तो छ भन्ने कुराले झन् धेरै महत्त्व राख्छ । आवश्यक
हिमाली जिल्ला दार्चुलामा अत्यधिक चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ। केही दिनयता ह्वात्तै बढेको चिसोले जिल्लाको जनजीवन प्रभावित भएको स्थानीयले बताएका छन्। चिसोबाट जोगिन दिनभरि आगो तापेर बस्नु परेको अपिहिमालका स्थानीय कलावती रोकायले बताउनुभयो। बिहान बेलुकी दैनिकी काम गर्नसमेत नसकिने अवस्था आएको उहाँको भनाइ छ।
छाउप्रथा रोक्नुपर्ने ठाउँ बाजुरामा अहिले पनि महिनावारी भएका महिलालाई हिँड्ने बाटोसमेत बन्द गरिन्छ। जिल्लाका अधिकांश स्थानीय तहमा मठमन्दिर भएकै ठाउँमा विभिन्न गोरेटो, बाटो छन्। ती बाटोमा महिनावारी भएका महिला हिँड्न पाउँदैनन्। महिनावारी भएका महिलाले ती बाटोमा हिँड्दा धामीझाँक्रीले देवता रिसाउँछ भन्दै डर देखाउन थालेपछि महिनावारी भएका महिलाका लागि ती बाटा बन्द हुन्छन्।
कर्णालीका हिमाली जिल्लामा मङ्सिरदेखि हिमपात तथा चिसोका कारण पठनपाठन प्रभावित हुन्छ। अत्यधिक हिउँ पर्ने, स्थानीय खेतीपातीमा व्यस्त हुनुपर्ने, जडीबुटी सङ्कलन गर्न जाने, विद्यालय जानुपर्ने बालबालिकालाई खर्क पठाउने तथा अभिभावकमा शिक्षाको कमीजस्ता कारण यो अवधिमा बालबालिका विद्यालयदेखि बाहिर हुन्छन्।
कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन सोमबार बस्दै छ। निर्वाचन परिणाम सार्वजनिक भएको २० दिनभित्र अधिवेशन आह्वान गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ। सोहीअनुसार प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले सोमबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गर्नुभएको छ। प्रदेश सभा सचिवालयले सबै तयारी पूरा भएको जनाएको छ। प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले अधिवेशनको आवश्यक सबै तयारी पूरा भएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “सिट व्यवस्थापनलगायतका सबै तयारी पूरा गरेका छौँ।”